भाद्र १४ गते २०७८
खेलकुदलाई केही व्यक्तिहरुले सोखको रुपमा लिदा नेपाली खेलकुद पछि परेको होः मन्त्री बराल
पोखरा , भदौं
गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले केही सिमित व्यक्तिहरुले खेलकुदलाई सोखको रुपमा मात्र प्रयोग गर्नाले नेपाली खेलकुद पछि परेको बताएका छन्। वल्र्ड हाप्किडो च्याम्पियन शिपमा नेपालबाट सहभागि हुने नेपाली खेलाडीहरुको पोखरामा सुरु भएको बन्द प्रशिक्षणको आइतबार उद्घाटन गर्दै मन्त्री बरालले मुठ्ठिभरका केही व्यत्तिहरुले आफ्नो सोखका रुपमा मात्र प्रयोग गर्दा नेपाल्ी खेलकुद पछि परेको बताएका हुन्।
निश्चित घरानिया मान्छेहरुले खेलकुदलाई आफ्नो सोखको रुपमा लिएको इतिहास रहेको उल्लेख गर्दै मन्त्री बरालले अब खेलकुदलाई जीवन पद्धतीको रुपमा विकास गर्न जरुरी रहेको बताए । मन्त्री बरालले केही युवाहरुमा नेपाल भन्दा विदेशको माया बढी भएको दाबी गरे । उनले भने “ हामी नेपाली विश्वको सर्वेाच्च शिखर सगरमाथा देशका नागरिक हौं भन्ने हामीले हेक्का राख्न जरुरी छ । ” नेपालमा जन्मेको हुनाले केही युवाहरुले अभाग्यमानि सम्झने अमेरीका, जापान, अष्ट्रेलियाको सपना देख्ने गम्भिर समस्याको रुपमा देखा परेको मन्त्री बरालको भनाई थियो ।
आफ्नो खेल कौसल सहित विदेशमा जादा नेपालीको भाषा संस्कृतिको समेत प्रद्र्धन गर्नुपर्ने मन्त्री बरालको भनाई थियो । देशको इज्जत र प्रतिष्ठानको पहिचानको लागि आफ्नो वलभुताले भ्यायसम्म खेल कौसन प्रदर्शन गर्न मन्त्री बरालले आग्रह गरे ।
प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले मार्सस आर्ट खेल आत्मरक्षाको लागि उपयुक्त खेल भएको बताउदै हाप्किडो खेललाई नवौं राष्ट्रिय खेलकुदमा समावेस गर्न केन्द्रमा पहल गर्न सुझाव दिए । राज्यको ढुकुटीले मात्रै खेलकुद विकास सम्भव नहुने उनको भनाई थियो । परिषदले आगामी एक दशक भित्र प्रतिष्पर्धा बाट छनोट भएर सिधै ओलम्पिकमा सहभागिता जनाउन सक्ने खेलाडी उत्पादनमा लाग्ने योजना रहको बताए ।
जिल्ला खेलकुद विकास समिती कास्कीका अध्यक्ष तोरण बहादुर बाँनियाले खेलाडीका लागि खेलकुदसंगै अनुशासन महत्वपूर्ण रहेको जनाए । यसैबिच, नेपाल मार्शल आर्टस हाप्किडोको बन्द प्रशिक्षण पोखरामा शुरु भएको छ ।
आगामी कार्तिक ५ देखि ७ गते सम्म रसियाको सेन्ट पिटर्सवर्गमा आयोजना हुने वल्र्ड हाप्किडो च्याम्पियनशिपमा सहभागिताका लागि पोखरामा बन्द प्रशिक्षण शुरु गरिएको नेपाल मार्शल आर्टस संघ हाप्किडोका अध्यक्ष काली वहादुर घर्ती मगरले बताए । वन्द प्रशिक्षणका संयोजक एवम कास्कीका अध्यक्ष खेम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा युनाइटेड क्लव पोखराका अध्यक्ष राजु श्रेष्ठ, नेपाल मार्शल आर्टस संघ हाप्किडो गण्डकीका अध्यक्ष एमवी आस्था लगायतले बोलेका थिए ।
पोखरा रंगशालामा हुने वन्द प्रशिक्षणमा देशभरीका २० जना खेलाडी सहभागी छन । बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई नेपाल मार्शल आर्टस हाप्किडोका वरिष्ठ प्रशिक्षक काली बहादुर घर्ती मगर, प्रमुख प्रशिक्षक सुष्मिता गुरुङ, सहायक प्रशिक्षकद्वय भुवन वुढा मगर र प्रविन गुरुङले प्रशिक्षण दिने कार्यक्रम रहेको सदस्य चन्द्रा पराजुलीले बताइन्।