१३ जेष्ठ
फोटोग्राफर संघ गन्डकीले प्रकाशन गरेको २०८१ को भित्ते पात्रो बुद्ध पूर्णिमाको अवसर पारेर लुम्विनि प्रदेशमा विमोचन गरिएको छ । नेपाल फोटोग्राफर महासंघ तदर्थ समिति संयोजक महेन्द्र प्रसाद उपाध्यायले भित्ते पात्रो विमोचन गर्दै देशकै अव्वल संस्थाका रुपमा फोटोग्राफर संघ गण्डकी रहेको कुरा ब्यक्त गरे उनले फोटोग्राफी बिकास र फोटोग्राफरहरुको उन्नयनका लागी संघले गर्दै आएका कार्यक्रमहरु अरु जिल्ला ,प्रदेश हरुले सिको गर्नुपर्ने बताए ।
अन्तरप्रादेशिक फोटोग्राफी अन्तरक्रिया कार्यक्रम अन्र्तगत लुम्विनि पुगेको टोलीले आयोजना गरेको कार्यक्रममा लुम्विनि फोटोग्राफर संघका निवर्तमान अध्यक्ष मनिष पन्थ,कपिलबस्तु फोटोग्राफर संघका रामचन्द्र बेलवासे,पोखरा फोटोग्राफर संघका रामचन्द्र पोख्रेल, पर्वत फोटोग्राफर संघका नारायण के सी तनहुं फोटोग्राफर संघका नि अध्यक्ष बलभद्र श्रेष्ठ, फोटोग्राफर संघ गण्डकीका शिक्ष तथा तालिम सदस्य जनक तिवारी, फोटोग्राफर संघ गण्डकीका शिक्ष तथा तालिम संयोजक घनश्याम पौडेल, फोटोग्राफर संघ गण्डकीका सचिव तुलसीराम सुवेदी, फोटोग्राफर संघ गण्डकीका कोषाध्यक्ष जिवन ढुंगाना , लुम्विनि फोटोग्राफर संघका रामु भण्डारी, लुम्विनि फोटोग्राफर संघका माधव प्रसाद पन्थ साथै फोटोग्राफर संघ गण्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेल लगाएतले एक कार्यक्रमका विच बिमोचन गरेका थिए ।
अन्तरप्रादेशिक फोटोग्राफी अन्तरक्रिया कार्यक्रम अन्र्तगत संस्थाले स्याङ्गजा,रुपन्देही,कपिलबस्तु,नवलपरासी,नवलपुर,चितवन ,गोर्खा लमजुङ्ग र तनहुंमा कार्यक्रम सम्पन्न गरेको थियो । सो अन्तरक्रियात्मक टोलीमा संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेल , उपाध्यक्ष नारायण बहादुर क।ेसी, सचिब तुलसी राम सुबेदी , कोषाध्यक्ष जीबन ढुङगाना, कास्की संयोजक रामचन्द्र पोख्रेल , कार्यसमिति सदस्य बलभद्र श्रेष्ठ , तालिम तथा शिक्षा उपसमिति संयोजक घनश्याम पौडेल , तालिम तथा शिक्षा उपसमिति सदस्य जनकराज तिवारी , कार्यसमिति सदस्य सुरेस राज रेग्मी र प्रदेश सदस्य बिजय शर्माको सहभागीता रहेको थियो ।
असोज ८,पोखरा ।त्रिशुली नदीमा कार खस्दा एक जना घाइते भएका छन् भने तीनजना बेपत्ता भएका छन् । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको ग२च ४९१८ नम्बरको...
Read More
भाद्र , पोखरा फोटोग्राफर संघ गण्डकीले आयोजना गरेको नेचर एण्ड लैण्डस्केप फोटोग्राफी पुरस्कार तथा मिराज राष्ट्रिय बैबाहिक फोटोग्राफी पुरस्कार कास्कीका रोहीत गिरी र पर्वतका विजय शर्माको फोटोले उत्कृष्ट पुरस्कार...
Read More
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले औषधी र स्वास्थ्य उपकरण स्वास्थ्य संस्था मार्फत जनताकहाँ पु¥याउन निर्देशन दिएका छन् । स्वास्थ्य जनताको जिबनसँग जोडिएकाले संवेदनशिल क्षेत्र रहेको बताउँदै उनले भने ‘औषधी...
Read More
काठमाडौं, १९ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई एमालेसँग एक्लाएक्लै चुनाव लड्ने आँट नरहेको दाबी गरेका छन् । एमाले काठमाडौं महानगर कमिटीको भेलालाई शनिबार सम्बोधन...
Read More