श्रावण ९ गते २०८१
उड्नेबित्तिकै दाहिने मोडिएर सौर्यको जहाज दुर्घटना
साउन ९,काठमाडौं
नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनामा परेको जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले प्रेस विज्ञप्तिमार्फत काठमाडौंबाट उड्नेबित्तिकै ११ बजे ११ मिनेटमा सौर्य एयरलाइन्सको सीआरजे(७ जहाज दुर्घटनामा परेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०८१।०४।०९ गते तद्नुसार २४ जुलाई २०३४ बुधबारका दिन सौर्य एयरलाईन्सको सीआरजे(७ ९९एन(एएमई० जहाज काठमाडौंबाट स्थानीय समयअनुसार बिहान ११स्११ मा पोखरा उडानको क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको हो ।’
क्यानको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘तत्कालै उद्धार कार्य सुरु गरी आगो नियन्त्रणमा लिई १८ जनाको शव संकलन गरिएको तथा १ जना घाइतेलाई उद्धार गरी अस्पताल पुर्याइएको जानकारी गराइन्छ ।’