११ बैशाख, २०७२ वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको छ । २०७२ वैशाख १२ गते मध्यान्ह ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्र बनाएर ७।६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
सो भूकम्पमा आठ हजार ९७० जनाले ज्यान गुमाएका थिए भने २२ हजार भन्दा बढी घाइते भएका थिए । भूकम्पबाट पाँच लाख ११ हजार ३९० घर पूर्ण रूपमा क्षति भएको थियो भने दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुर्योएको थियो ।
भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति पुगेको थियो ।
राज्यले भूकम्प गएको महिनौँ दिनसम्म पनि पीडितका लागि राहत सामग्री पुर्याएउन सकेन भने चिसोका कारण थप मानिसले ज्यान गुमाए । भूकम्पको ६ महिना पुग्न लाग्दा समेत पीडितका लागि स्थायी आवास निर्माणका प्रक्रिया सरकारले अगाडि बढाउन सकेन ।
नेपाल भूकम्पीय जोखिममा ११ औँ स्थानमा पर्छ भने काठमाडौँ उपत्यका विश्वमै पहिलो नम्बरमा जोखिम भएको स्थान हो ।
सो विनाशकारी भूकम्पको नौ वर्ष पूरा भएको छ । यस्तो विनाशकारी भुकम्प कहिले पनि नआओस भनि प्रार्थना गरौं र राज्यले पनि जोखिमको पूर्व तयारी गरोस् ।
पोखरामा आज भएको टाइगर कप भलिबल प्रतियोगितामा एपिएफले नेपाल पुलिस क्लबलाई सोझो सेटमा जितेको छ । आज उद्घाटन पछी भएको समूह बी को खेलमा एपिएफ नेपाल पुलिसलाई ३ नै...
Read More
काठमाडौँ , १३ मंसिर । विश्वकप फुटबल प्रत्यक्ष प्रसारणका लागि आवश्यक पूर्वतयारी नगरिएको भन्दै सामाजिक सञ्जालमा गुनासो बढ्न थालेका छन् । शुल्क तिर्नै समस्या भएको, प्रतियोगिताको प्रसारण गुणस्तरीय नभएको, प्रि–म्याच...
Read More
काठमाडौं ,३१युनियन लाइफ इन्सुरेन्सको आइपीओ बिहीबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत ५ लाख ८० हजार ५०० जना आवेदनले १० कित्ताका दरले सेयर पाएका छन् । युनियनको आइपीओमा आवेदन...
Read More
पोखरा फोटोग्राफर संघ पोखरा नेपालले राहतकोष वृद्धिका लागी देउसी भैलो कार्यक्रम आयोजना गर्दै आइरहेको छ। २०७० साल देखी स्थापना भएको फोटोग्राफर राहत कोषमा बिभिन्न समयमा आर्थिक सहयोग उठाई फोटोग्राफरको...
Read More