११ बैशाख, २०७२ वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको छ । २०७२ वैशाख १२ गते मध्यान्ह ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्र बनाएर ७।६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
सो भूकम्पमा आठ हजार ९७० जनाले ज्यान गुमाएका थिए भने २२ हजार भन्दा बढी घाइते भएका थिए । भूकम्पबाट पाँच लाख ११ हजार ३९० घर पूर्ण रूपमा क्षति भएको थियो भने दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुर्योएको थियो ।
भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति पुगेको थियो ।
राज्यले भूकम्प गएको महिनौँ दिनसम्म पनि पीडितका लागि राहत सामग्री पुर्याएउन सकेन भने चिसोका कारण थप मानिसले ज्यान गुमाए । भूकम्पको ६ महिना पुग्न लाग्दा समेत पीडितका लागि स्थायी आवास निर्माणका प्रक्रिया सरकारले अगाडि बढाउन सकेन ।
नेपाल भूकम्पीय जोखिममा ११ औँ स्थानमा पर्छ भने काठमाडौँ उपत्यका विश्वमै पहिलो नम्बरमा जोखिम भएको स्थान हो ।
सो विनाशकारी भूकम्पको नौ वर्ष पूरा भएको छ । यस्तो विनाशकारी भुकम्प कहिले पनि नआओस भनि प्रार्थना गरौं र राज्यले पनि जोखिमको पूर्व तयारी गरोस् ।
कमल पौडेल अथक पोखरा १०, माघ कृषिमा दिइने अनुदानको मोडालिटी परिवर्तन गरिनु पर्ने एक कार्यक्रमका वक्ताले वताएका छन् । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना इकाई कास्कीद्धारा आयोजित प्रदेशस्तरीय दोश्रो...
Read More
पोखरा, कात्तिक २९ पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जको आयोजनामा यहि मंसिर ६ गते रक्तदान कार्यक्रम आयोजना हुँदैछ । रक्तदान कार्यक्रम एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम...
Read More
३० असार,काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । राष्ट्रपतिले...
Read More
सयले पाँखाको कृष्ण प्रणामी बृद्धा आश्रममा बेल्जियमबाट सहयोगपोखरा, भाद्र ३१ पोखरा महानगरपालिका वडा नं. २७ सयले पाँखामा रहेको कृष्ण प्रणामी बृद्धा आश्रममा बुधबार खाद्यान्न, लत्ता कपडा तथा नगद सहयोग...
Read More