भाद्र २२ गते २०८२

आज चन्द्र ग्रहण

पोखरा, भदौ

यस वर्षको खग्रास चन्द्रग्रहण आइतबार, भाद्र शुक्ल पूर्णिमाको रात, नेपाली आकाशमा देखिने भएको छ।नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार ग्रहण राति १०ः११ बजे प्रारम्भ हुनेछ, ११ः५६ बजे आफ्नो पूर्ण मध्यभागमा पुग्नेछ र १ः४१ बजे समापन हुनेछ।

समितिका पूर्वअध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीका अनुसार  काठमाडौं सहित देशभर करिब साढे तीन घण्टासम्म चन्द्रमा पुरै ढाकिएको दृश्य निहाल्न सकिनेछ। यो सांस्कृतिक तथा धार्मिक दृष्टिले महत्त्वपूर्ण क्षण मानिन्छ।

 

२०८२ सालको यो पहिलो ग्रहण हो। यसपछि फागुन शुक्ल पूर्णिमामा खण्डग्रास चन्द्रग्रहण लाग्ने जानकारी समितिले दिएको छ।

शास्त्रीय मान्यताअनुसार, ग्रहणका दिन आइतबार दिउँसो १ः३१ बजेपछि बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेक अरूले भोजन नगर्नुे परम्परा छ। चन्द्रग्रहण प्रायः पूर्णिमामा र सूर्यग्रहण औँसीमा लाग्ने जनविश्वास पनि रहिआएको छ।

 

 

 

यो एउटा चन्द्रमाको सामान्य बृत चक्र हो जहाँ सूर्य र चन्द्रको बिचमा पृथ्वी पर्न जान्छ । यस समयमा पृथ्वी, चन्द्र र सूर्यबिचको दूरी सबैभन्दा थोरै हुन्छ । यस क्रममा पृथ्वीको छाया चन्द्रमा देखिन्छ, चन्द्र नै प्रकाशको अभावमा र पृथ्वीको छायाले कालो देखिन्छ र यो नै चन्द्र ग्रहण हो ।

 

सामान्यतया ग्रहणलाई नराम्रो रूपमा व्याख्या गरिएको पाइएता पनि यो प्रकृतिको एउटा सामान्य प्रक्रिया हो तथापि केही हदसम्म मानवको संवेग, व्यवहार र सामाजिक अन्तरक्रिया पद्धतिहरूमा असर पर्न सक्ने सनातन ठहर छ । राष्ट्रिय सङ्कट, सामाजिक पृष्ठभूमि आदि इत्यादिसँग ग्रहणलाई जोडेर हेर्ने चलन भएता पनि चन्द्र ग्रहणको असर केवल व्यक्तिगत पक्षमा मात्र रहेको बताइन्छ ।ग्रहण पश्चात् दानपूण्यका काम गर्ने, ग्रहण अवधिभर खानपिन नगर्ने, कीर्तन भजन गर्ने चलन सदियौँदेखि चलिआएको छ । ग्रहण पछि खोला या तीर्थस्थलमा स्नान गर्ने चलन पनि छ ।