असार ९ गते २०८२
नेपालगन्ज फोटो फेस्टिवलमा,आर्यन धिमालको तस्बिर फोटो अफ द इयर तथा अमित रावलको तस्बिर पिपुल्स च्वाइस अवार्ड जित्न सफल (फोटो फीचर)
७ असार, नेपालगञ्ज
प्रत्येक वर्ष आयोजना गरिंदै आएको नेपालगञ्ज फोटो फेस्टिवलमा धिमालको बन्योे फोटो अफ द इयर । अन्तरालले आयोजना गरेको चौथो नेपालगन्ज फोटो फेस्टिवलमा आर्यन धिमालको जाजरकोट भूकम्पमा आफ्नो भत्किएको घर अघि रुँदै गरेकी महिलाको तस्बिर फोटो अफ द इयर को उपाधि जितेको हो । उक्त तस्वीरले ५१ हजार १ सय ११ रुपैँया पुरस्कार प्राप्त गरेको छ ।
त्यस्तै राष्ट्रिय फोटो प्रतिस्पर्धाबाट आएका दुई हजार १ सय बढी फोटोहरुबाट प्रदर्शनीमा राखिएका एक सय ११ फोटो मध्य पनि उत्कृष्ट ३१ मा पर्न सफल फोटोहरुमध्ये अमित रावलले बर्दियाको बढैयातालमा खिचेको रेडसांक प्रजातिको चराहरुको फोटोले इ–सेवा भोटिङमा सर्वाधिक ६ हजार ७ सय ७७ भोट प्राप्त गर्दै पिपुल्स च्वाइस अवार्ड जित्न सफल भएको छ । उक्त तस्बिरले ५० हजार १ सय ११ रुपैँया राशीको पुरस्कारसहित अवार्ड प्राप्त गरेको छ ।
अर्वाड प्राप्त गरेपछि फोटोग्राफर रावलले पुरस्कारले फोटो खिच्न र संरक्षणको काममा आफुलाई अझै प्रोत्साहित गरेको बताए । पुरस्कारको केही राशीबाट परोपकारी काममा लगाउने बताउदै उनले भने ‘कोहलपुरका मृगौला रोग पिडित फिरोज बक्सलाई यस पुरस्कारबाट १० हजार रुपैँया दिने घोषणा गरे ।
फेस्टिवलमा नेपालगन्जका तिलक गाहा मगरले खिचेको तस्बिरले खेलकुद विधामा, कृषि विधामा पोखराका बबी साई, संस्कृति विधामा सञ्जय महर्जन, दैनिक जीवन विधामा विजय थापा, प्रकृति र संरक्षण विधामा रोमिन थारु, नेपाल स्माईल विधामा जीवन लामा, वाईल्ड लाइफ विधामा विनय रावल, टुरिजम विधामा मनोज पौडेल र न्युज विधामा बरम बुढाका तस्बिर विधागत उत्कृष्ट भएका छन् । विधागत उत्कृष्ट तस्बिर विजेतालाई जनही पाँच हजार रुपैँयाको पुरस्कार प्रदान गरिएको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताएका छन् ।
यसैगरी अन्तरालको आयोजनामा संचालन भएको दुई दिने फोटोग्राफी तालिम पनि समापन गरिएको छ । तालिममा ३९ जना सहभागिाता रहेका थिए ।
रोमिन थारु
बरम बुढा