चैत्र ३ गते २०८१
चुनाव र मलाई मन-नपर्ने भाषा :लड्ने हो?
पोखरा -०४, फागुन ।
बिश्वबिद्धालयहरुमा स्ववियु-चुनावको माहोल छ। चिने जानेकै अनुहारहरु चुनावमा होमिएका छ्न्। जसरी फिलिम हलमा लागिसकेपछी अब सबैकुरा भगवानरुपि दर्शकको हातमा छ… भन्दै चलचित्रकर्मीहरुले कहन्छन् त्यसैगरी उनिहरुको भविष्य हामी आम विद्यार्थीको हातमा छ।
भोट;
सहभागिता र हाम्रोअस्तित्वको विम्ब हो,हाम्रो भोट। माटोसम्म पुग्ने पद्धति हो। यसको औचित्य ,आवश्यकता र प्रभाव बारे गहन भएर सोच्नु आवश्यक छ। म त सबैलाई आग्रह गर्छु , भोट अनिवार्य छ, स्व.वि.यु आवश्यक छ। यो हाम्रो भविष्यसंग जोडिएको कुरा हो ।त्यसैले नेतृत्व चयन गर्दा यी कुराहरू ध्यान दिनुहोस्:
•तपाईंको आवाज वा समस्या उसलाई सहजै सुनाउन सकिन्छ? के उसले तपाईंको आवाजलाई उचित न्याय दिन सक्छ?
•उसमा कतै लुकेको राजनीतिक स्वार्थ त छैन? के ऊ विद्यार्थीहरूको लागि एक सक्षम नेता बन्न योग्य छ?
•तपाईंको भोटले लिङ्ग, भाषा, वर्ग, भूगोल, विभाग, र विचारलाई समेट्छ? तपाईं जस्तै सबै विद्यार्थीको आवाज सुन्ने क्षमता उसले राख्छ?
बिचारको युगमा बिचारले न्याय पाउन आवश्यक छ।निस्वार्थ, साहसी, र ईमानदार नेतालाई भोट दिनु हाम्रो कर्तव्य हो।
एजेन्डा;
घोषणापत्र सबैको लोभलाग्दो हुन्छन् नै इतिहास साक्षी छ, अनुभव साथमा छ। बिबिधतामा एकता भन्दै सुन्दर फुलबारिको परिकल्पना गर्न हामिलाई सिकाएको छ,हाम्रै बिधालयले। चेत र विवेक अनिवार्य छ।
चुनाव;
यो कुनै लडाइँ होइन, यो त प्रकृया हो। माटोले के भन्छ, कुन बाली उब्जन सक्छ भन्ने परिक्षण हो। यसलाई मनमा कसिलो गाठो बनाएर एकअर्काबिंच मन-मुताव, आरोप-प्रत्यारोपण गरि अरुलाई तल देखाउने र आफू माथी उठ्ने परिपाटीबाट हामीमा झनै वृतृष्णा बाहेक अरु केही उत्पन्न हुदैन। परम्परागत र बैकल्पिक भन्ने सबै मिलेर शान्त र सभ्य भई आफ्नो दृस्ठिकोणलाई सुदृढ प्रकृयामा प्रस्तुत गर्ने मार्गनिर्देशिका आवश्यक छ।
बिश्व-बिधालय;
माटोलाई विभिन्न आकार दिई राष्ट्रहितमा समर्पित गर्ने र बिचार-बिमर्श, कला-सृजना र चेतनालाई निखार्ने एउटा पवित्र मन्दिर हो। जहाँ कुनै पनि स्वार्थले स्थान पाउनु हुदैन। परिस्कृत शिक्षा प्रणाली र बिद्यार्थीको नैतिक-ब्याक्तित्व बिकासमा जोड दिनुपर्ने आवश्यक देखिन्छ।
त्यसैले हामी बिद्यार्थी नै सजक हुनु आवश्यक छ। हाम्रो एक भोटले नै हाम्रो भविष्य बनाउने हो। कमि कमजोरीलाई नियाल्दै परिवर्तनको आवाजलाई बलियो बनाउन स्व.वि.यु आवस्यक छ।