मंसिर ७ गते २०७९
जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही ६ हजारभन्दा बढी मतले अगाडि
जुम्ला, ०७ मंसिर । जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मतान्तरसहित अग्रता जारी राखेका छन् ।
आज बिहान साढे ६ बजेको परिणाम अनुसार शाहीले १२ हजार ५१५ मत पाएका छन् । माओवादी केन्द्रकी उम्मेदवार गोमा गौतम कुँवरको मत ६ हजार ९८ मत छ । शाही र कुँवरबीचको मत अन्तर ६ हजार ४१७ छ ।
नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले २ हजार ९६० मत पाएका छन् । ४५ हजार ५९ मत खसेकोमा हालसम्म २३ हजार ८२९ मत गणना भएको छ । १ हजार ३०४ मत बदर भएको छ ।
२०७४ को निर्वाचनमा जुम्लाबाट माओवादी केन्द्रका गजेन्द्र महतले जितेका थिए ।