माघ २७ गते २०८१
राष्ट्रिय माध्यमिक विद्यालयको ६५औं बार्षिकोत्सव, सरकारी विद्यालयको गुणस्तर निजीको भन्दा निकै गुण बढीः मुख्य सचिव अर्याल
पोखरा २७, माघ
कमल पौडेल अथक
नेपाल सरकारका मुख्य सचिव एक नारायण अर्यालले सरकारी विद्यालयको गुणस्तर निजी विद्यालयको भन्दा निकै गुणा बढी भएको वताएका छन् ।
स्याङजाको आँधीखोला गाउँपालिका ३ विचारी चौतारामा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको ६५औं वार्षिकोत्सवको अवसरमा वोल्दै उनले सो कुरा वताएका हुन् ।
उनले नेपाल सरकारका हरेक तहमा सरकारी विद्यालयमा दुःख गरी पढेका विद्यार्थीहरु नै अव्वल रहेको धारणा व्यक्त गरे । विद्यालयका भूपू विद्यार्थी समेत रहेका अर्यालले आफूले पढेको विद्यालयले अहिले देशको मुख्य सचिव वन्न सफल वनाएको भन्दै गर्व गरे ।
उनले अन्धाअन्धी चक्रीय कोरिडोर तयार पार्न स्थानीय पालिकालाई आग्रह गर्दै त्यसमा सरकारले भरपूर सहयोग गर्ने वताए । उनले आँधीखोला सँगै समग्र स्याङजा जिल्लाका पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा लाग्न सरोकारवालालाई आग्रह गरे ।
विद्यालयका स साना भौतिक पूर्वाधार निर्माणमा स्थानीय पालिकाले नै सघाउनु पर्ने वताउँदै उनले ठूला योजनालाई मात्र केन्द्र सरकारले सहयोग गर्ने वताए ।
सरकारी विद्यालयमा विद्यार्थी घट्दै जानुको कारण खोज्दै विद्यालयप्रति आकर्षण वढाउन स्वयं शिक्षकहरु नै लाग्नु पर्ने उनले वताए । उनले भने हामीले पढ्ने वेलामा विद्यालयमा राजनीति हुँदैनथ्यो तर अहिले विद्यालयमा शिक्षकहरुले नै राजनीतिक दलको झोला वोक्ने हुँदा शैक्षिक गुणस्तर दिन प्रतिदिन खस्किँदै गएको वताए ।
आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले विद्यालयको भौतिक पूर्वाधारको विकासको लागि स्थानीय पालिकाले सहयोग गर्ने वताए । उनले पालिकाले नसक्ने योजनालाई प्रदेश तथा केन्द्र सरकारसँग लविङ गर्न तयार रहेको धारणा व्यक्त गरे ।
सो अवसरमा विद्यालयले भूतपूर्व विद्यार्थीहरु नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, पर्वतका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, गृहमन्त्रालयका उपसचिव छविलाल पौडेल, प्रहरी उपरीक्षक रवीन्द्र पौडेललाई दोसल्ला र सम्मानपत्रले गरेको छ । यसैगरी विद्यालयका भूतपूर्व विद्यार्थी कमल पौडेल अथकलाई पत्रकारिता मार्फत समाजमा विशेष योगदान पुर्याएको भन्दै विद्यालयले सम्मान गरेको छ ।
त्यसैगरी विद्यालयले शिक्षकहरु भोलानाथ पौडेल, मीना ज्ञवाली, सन्तोषकुमार पौडेल, शोभाकान्त पौडेल, प्रकाशवहादुर कार्की, गुमादेवी क्षेत्री, गीता भण्डारी र भूपू शिक्षक रामचन्द्र ढकाललाई सम्मान गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनीता नेपाल, पर्वतका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, प्रहरी उपरिक्षक रवीन्द्र पौडेल, आँधीखोला ३ का वडाअध्यक्ष शेरवहादुर कार्की, विद्यालय व्यवस्थापन समितिका सदस्य रेशम कार्की, विद्यालयका प्रधानाध्यापक जगदिश पौडेल, शिक्षकहरु गुमादेवी क्षेत्री, धनराज खनाल, विद्यार्थी अनिता पौडेल लगायतले वोलेका थिए ।
विद्यालयमा बालचन्द्र अक्षयकोषको स्थापना गर्न १ लाख ५१ हजार १ सय ११ को चेक हस्तान्तरण गर्ने दाता देवी कार्की लाई पनि सम्मान गरेको छ । सो अवसरमा डा. झलकवहादुर कार्कीले आफ्ना माता पिताको नाममा राखेको अक्षकोष मार्फत प्राप्त व्याजवाट एक जना छात्र र एक जना छात्रालाई छात्रवृति हस्तान्तरण गरेका थिए ।
सो अवसरमा विद्यालयमा स्थापना भएका विभिन्न अक्षयकोष मार्फत गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ । कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृति कार्यक्रम प्रस्तुत गरेका थिए ।
२०१६ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा १ देखि १२ सम्म जम्मा १ सय २२ जना विद्यार्थी र १७ जना शिक्षक रहेको प्रधानाध्यापक जगदिश पौडेलले जानकारी दिएका छन् ।