चैत्र २५ गते २०८०
मुख्यमन्त्री अधिकारीसहित दुई मन्त्रीले सपथ लिँदै
चैत्र २५,पोखरा
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै सपथ लिने भएका छन् । दिउँसो ३ बजे प्रदेश प्रमुख कार्यालयमा सपथ लिने कार्यतालिका रहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री खगराज अधिकारीले आफूसँगै अन्य दुई मन्त्रीलाई साथमा लिएर सपथ ग्रहण गर्न लागेका हुन् । माओवादीबाट संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरुङ उफ दीपक मनाङेले मुख्यमन्त्री अधिकारीसँग सपथ लिन लागेका हुनु । दुवै जनाले कुन मन्त्रालयको जिम्मेवारी लिने अहिले खुलेको छैन । स्रोतका अनुसार मुख्यमन्त्री अधिकारीले प्रदेश सभाबाट विश्वासको मत लिनु अघि दुवैलाई विनाविभागीय मन्त्रीका रुपमा नियुक्त गर्ने तयारी छ ।