माघ १८ गते २०८०

कास्की जिल्ला बुद्धिचाल संघका अध्यक्ष अनिल बहादुर कोइरालाको निधन

पोखरा, १७ माघर कास्की जिल्ला बुद्धिचाल संघका अध्यक्ष अनिल बहादुर कोइरालाको निधन भएको छ ।

उनको बुधबार अपरान्ह साढे ५ बजे ५१ बर्षको उमेरमा निधन भएको हो । पसलमा बसिरहेका बेला ढेलपछि उनलाई पोखरा फिष्टेल अस्पताल उपचारका लागि परिवारले लगेका थिए ।
उनको उपचारका क्रममा नै निधन भएको परिवारले जनाएको छ ।
उनको निधनप्रर्ति बुद्धिचाल संघ गण्डकीका अध्यक्ष युवराज भण्डारीले विज्ञप्ती जारी गर्दै गहिरो दुःख व्यक्त गरेका छन् । कोइरालाको बुद्धिचाल खेल र संस्थाको विकासमा महत्वपुर्ण योगदान रहेको उनले बताए ।