असाेज १२ गते २०८०

सुनासको साधारण सभा सम्पन्न

् सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीले आफ्नो १७औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सुनासका अध्यक्ष रबिन्द्र बास्तोलाको अध्यक्षतामा भएको साधरणसभामा संस्थाका संस्थापक अध्यक्ष सुरेन्द्र थापा मगरले प्रमुख आतिथ्यता गर्नुभएको थियो ।
झण्डै ३५ सदस्यहरु उपस्थित रहेको सो कार्यक्रममा संस्थाका गतिबिधी र कार्यक्रमहरुको औचित्यताबारे संस्थाका कार्यकारी प्रमुख भानु पराजुलीले बर्णन गर्नुभएको थियो । यस आर्थिक वर्षका सम्पूर्ण कार्यक्रम र संस्थाको आयब्याय सचिवको प्रतिबेदन र आर्थिक प्रतिबेदन समेत सचिव बिष्णु प्रसाद अधिकारीले राख्नुभएको थियो । सुनासका उपाध्यक्ष शिरोज कोइरालाले स्वागत भाषण मार्फत शुरु भएको कार्यक्रममा संस्थाको गत वर्षका गतिबिधी साथै आगामी वर्षमा गरिने कार्यक्र्रमहरु समेत संस्थाको औचित्यबारे अध्यक्ष बास्तोलाले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा उपस्थित बिभिन्न सदस्यले सस्थाले गरेका र भविष्यमा गर्ने कार्यक्रमहरुको बारेमा छलफल गरेका थिए ।
यस गएको वर्षमा सुनासले कास्की, पर्वत, म्याग्दी, बाग्लुड.र स्याड.जामा बिभिन्न सार्वजनिक सुनुवाइ जस्ता भ्रष्टचार तथा सुशासनसग सम्बन्धित कार्यक्रमहरु गरेको थियो । पोखरा महानगर पालिका स्वास्थ्य महाशाखाको समन्वयमा पोखरा क्षेत्रका ४८ वटा स्वास्थ्य केन्द्रहरुमा सामाजिक परिक्षणको कार्यहरु समेत गरिसकेको छ ।
भ्रष्टचार बिरुद्ध बिभिन्न कार्यक्रम गर्ने ट्रास्परेन्सी इन्टरनेसनल संस्थासग आवद्ध रहेको सुनासले कास्की जिल्ला लगायत गण्डकी प्रदेशमा नै भ्रष्टचार बिरुद्धका कार्यक्रम साथमा सार्वजनिक सुनुवाई , सामाजिक परिक्षण तथा अवलोकान र अनुगमन जस्ता कार्य गर्दै आएको छ ।