श्रावण १९ गते २०८०

कास्की क्षेत्र नं ३ मा अगुवा महिला प्रशिक्षण

कमल पौडेल अथक
पोखरा १९, साउन
नेपाल महिला संघ कास्की क्षेत्र नं ३ ले शुक्रवार अगुवा महिला प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । संघले पोखरा २५ हेम्जामा आयोजना गरेको सो कार्यक्रममा १५० जना महिलाहरुको सहभागित रहेको थियो ।
प्रशिक्षण कार्यक्रमको माछापुच्छे« गाउँपालिकाका उप प्रमुख सीता अधिकारी, नेपाली कांग्रेस गण्डकी सदस्य सीता गुरुङ, प्राध्यापक सँघ कास्कीका अध्यक्ष बेदहरि तिमिल्सिना, शिक्षक संघका उपमहासचिव सीता थापाले विभिन्न बिषयमा सहजिकरण गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेस गण्डकीका सहमहामन्त्री कोपिला रानभाटले महिलाको सम्मानले मात्र देशको विकास हुने धारणा व्यक्त गरिन् । अहिलेको अवस्थामा कांग्रेसलाई बलियो वनाउन आम कार्यकर्ताको उत्तिकै भूमिक रहेको उनले बताइन् ।
नेपाल महिला संघ क्षेत्र नं ३ का सभापति खेमकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य प्रकाश वराल, माछापुछे« गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ, जिल्ला उपाध्यक्ष युवराज कुँवर, नेताहरु जीवनाथ पौडेल, मधुसुदन त्रिपाठी, राधा गौतम, गोमा सुवेदी र पवित्रा केसी लगायतले वोलेका थिए ।