वैशाख ५ गते २०८०

पोखरा इलेक्ट्रीक क्लवको क्यालेण्डर विमोचन

पोखरा ५, बैशाख
पोखरा इलेक्ट्रीक क्लवले नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान एवं क्यालेण्डर विमोचन गर्यो । सो अवसरमा वोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले उत्पादनमुखी व्यवसाय अहिलेको आवस्यकता भएको वताए । उनले आयातमा मात्र निर्भर रहँदा देशको धन वाहिर गएको भन्दै अव इलेक्ट्रीक सामग्री उत्पादन तर्फ ध्यान दिनु पर्ने वताए ।
नेपाल विद्युतीय व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष प्रेमवहादुर जिसीले व्यवसायिक इमान्दारिता नै आजको आवस्यकता भएको वताए ।
नेपाल पत्रकार महासंघ राष्ट्रिय परिषद सदस्य कमल पौडेल अथकले घर वयेरिङको बेला कामदार मार्फत सामान हराउने गुनासो आएकोले व्यवसायीहरु सचेत हुनु पर्ने वताए ।
पोखरा इलेक्ट्रीक व्यवसायी क्लवका अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा कानुनी सल्लाहकार सुकदेब गौतम, व्यवसायीहरु केशव ढकाल, उपाध्यक्ष दीपकराज वास्तोला र सचिव अमृत पोखरेलले वोलेका थिए ।