चैत्र २२ गते २०७९
यातायातका समस्या समाधान गर्न पहल गर्ने
कमल पौडेल अथक
पोखरा २२, चैत्र
गण्डकी प्रदेशसभा सदस्य कल्पना तिवारीले यातायात क्षेत्रका समस्या समाधान गर्न सक्दो पहल गर्ने वताएकी छन् ।
नेपाल यातायात मजदूर संघ गण्डकीको दोश्रो अधिवेशनको बुधवार पोखरामा उद्घाटन गर्दै उनले सो कुरा वताएकी हुन् ।
पोखरामा व्यवसिथत वसपार्क छैन, बाटाघाटो अस्तव्यस्त छ त्यसलाई म सदनमा नै कुरा राख्नेछु उनले भनिन् ।
पार्टीसँग आवद्ध हरेक मजदूर संघहरुले गर्दा नै पार्टीको हैसियत निर्माण गरिदिएको वताउँदै उनले मजदुरको योगदानलाई कहिल्यै नभुल्ने वताईन् ।
सो अवसरमा वोल्ने वक्ताहरुले सरकारले चालकलाई प्रशिक्षण दिने काम नगरेको, बाटोघाटो र पूर्वाधार कमजोर रहेको, यातायातका साधन आवस्यक भन्दा वढी भएको जस्ता गुनासा राखेका थिए ।
सो अवसरमा वोल्दै नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य एवं रेडियो सराङकोटका समाचार प्रमुख कमल पौडेल अथकले सडकमा हिडने वटुवा र चालक दुवैले सावधानी अपनाउन नसक्दा पोखरामा दिन दिनै नागरिकको अकालमा ज्यान जाने गरेको वताए ।
संघका अध्यक्ष किरणवावु पन्तको अध्यक्षतामा भएको कार्यक्रममा मजदूर संघका केन्द्रीय कोषाध्यक्ष कोषेश्वर गुरुङ, नेपाली कांग्रेस कास्कीका उपसभापति रामवावु भण्डारी, नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश अध्यक्ष मुरारी शर्मा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष विष्णुवहादुर खत्री क्षेत्री, पोखरा यातायात प्रालिका सञ्चालक देबीप्रसाद कुइँकेल, अखिल नेपाल मजदुर संगठनका अध्यक्ष सूर्यभक्त पौडेल, अखिल नेपाल एकीकृत संगठनका सचिव हरिराम धिताल, ट्रेड युनियन कांग्रेस केन्द्रीय सदस्य जीतवहादुर गुरुङ, जिल्ला अध्यक्ष बिजयराज भण्डारी, निवर्तमान अध्यक्ष कुलदेवी वराल, यातायात मजदूर संघ तनहुँका अध्यक्ष रघुनाथ खनाल, नेपाल गृह श्रमीक संघ कास्कीका निवर्तमान अध्यक्ष लालीमाया रेग्मी र सचिव रुद्र तिमिल्सिना लगायतले वोलेका थिए ।