चैत्र ५ गते २०७९

वात्स्यायन लाई पोखरामा नागरिक अभिनन्दन(फोटो फिचर)

४ चैत, पोखरा ।
बरिष्ठ कलाकार तथा कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’ लाई पोखरामा नागरिक अभिनन्दन सहित रथारोहण गरिएको छ।
पोखरामा जन्मिएर कलाकारिता क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको सम्मानस्वरुप शनिबार रथारोहणसहित अभिनन्दन गरिएको हो।

पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा कलाकार बरालको निवास पोखरा, नदीपुरबाट सुरु भएको रथारोहण कन्या क्याम्पस, बालमन्दिर, पृथ्वीनारायण क्याम्पस, ट्याक्सीचोक, बागबजार हुँदै विन्ध्यवासिनी मन्दिरसम्म पुगेर अभिनन्दन कार्यक्रममा परिणत भएको थियो।
कलाकार वात्स्यायन कार्टुन सिर्जनामा अग्रणी मानिने बरालको जन्म वि।सं। १९९९ चैत ५ मा आर्बामा भएको हो । व्यङ्ग्यचित्रका माध्यमबाट राजनीति र नेपाली समाज भित्र रहेका विकृति, विसंगतिहरुलाई केलाउँदै आफूलाई उच्च स्थानमा उभ्याउन सफल भएका बराल जगदम्बा श्री, प्रबल गोरखा दक्षिणबाहु चौथो, राष्ट्रिय प्रतिभा पुरस्कार, अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान, शिरोमणि पुरस्कार, हाँस्ने पुरस्कार, वासुदेव लुइँटेल लगायतका दर्जनौ पुरस्कारबाट पुरस्कृत तथा सम्मानित भएका छन् ।