माघ १५ गते २०७९

मन्जुश्री तामाङ बौद्ध समाजले मनायो लोछार

 

माघ १४,पोखरा

पोखराको नालामुखमा रहेको मन्जुश्री तामाङ बौद्ध समाजले भब्य रुपमा ल्होछार मनाएको छ । मन्जुश्री सम्बत २८५९ औ सोनाम ल्होछार ह्रे ल्होको अवसर पारेर
आयोजना गरीएको कार्यक्रम समाजका सद्स्यहरु बिच शुभकामना आदान प्रदान , समाजमा बिभिन्न योगदान दिएका ब्यक्तीहरुलाई सम्मान गरीएको थियो ।
पोखराको दोविल्लामा भएको कार्यक्रममा पोखरामा बिगत ४५ बर्ष देखी अनवरत रुपमा साइकलको ब्यबसायीको रुपमा काम गर्दै आउनु भएका शेर बहादुर तामाङलाई सम्मान गरिएको थियो। तेसैगरी सस्थापक् अध्यक्ष कृष्ण राज रुम्बा नेपाल तामाङ घेदुङ जिल्ला अध्यक्ष भक्त तामाङ् र खेलकुद प्रशिक्षक राजेन्द्र तामाङ् लगयतलाई सम्मान गरिएको थियो। भने यसै बर्ष एसईई परिक्षा उत्तिर्ण गर्ने समाजका छोराछोरीहरुलाई पनि सम्मान गरिएको थियो ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति कास्की का अध्यक्ष भक्त तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथिको मन्तब्य राख्दै आफ्नो जाती भाषा धर्म संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो।

समाजका अध्यक्ष दिनेशतामाङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गंगा
तामाङले स्वागत मन्तब्य, सुकमाया तामाङ,कृष्ण राज रुम्वा, राजेन्द्र तामाङ लगाएतले शुभकामना मन्तब्य राखेका थिए भने कार्यक्रम को संचालन सविता तामाङले गरेकी थिईन ।