भाद्र २६ गते २०८२

फोटो प्रतियोगितामा पोख्रेल र पौडेलको फोटो सर्वोत्कृष्ट

भाद्र,पोखरा
फोटोग्राफर संघ गण्डकीले गत शनिबार आफ्नो सातौँ स्थापना दिवस का अवसरमा फोटोग्राफी प्रतियोगिता–२०८२ को नतिजा घोषणा गर्दै विजयी फोटोग्राफरलाई सम्मान गरिएको थियो ।
संघले आयोजना गरेको मिराज राष्ट्रिय बैवाहिक फोटो प्रतियोगितामा पोखराका देवानन्द पोख्रेलले खिचेको फोटो उत्कृष्ट बन्यो भने नेचर एण्ड ल्याण्डस्केप तर्फ पोखराकै बसन्त पौडेलले खिचेको फोटो प्रतियोगिताको फोटो उत्कृष्ट बन्यो।
मिराज राष्ट्रिय बैवाहिक फोटो प्रतियोगिता तर्फ उत्कृष्ट ले रु पन्ध्र हजार पाच सय पचपन्न रुपैया ट्रफी तथा प्रमाण पत्र प्राप्त गरे भने नेचर एण्ड लेण्डस्केप बिधामा रु दश हजार एक रुपैया ट्रफी तथा प्रमाण पत्र प्राप्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल फोटोग्राफर महासंघका वरिष्ठ उपाध्यक्ष श्रीराम कंडेलले उद्घाटन पश्चात सम्बोधन गर्दै फोटोग्राफी क्षेत्रका चुनौती र सम्भावनाबारे चर्चा गर्नुभयो । उहाँले फोटोग्राफर संघ गण्डकी देशभरिका फोटोग्राफरहरूका लागि प्रेरणाको स्रोत भएको उल्लेख गर्दै यस्ता प्रतियोगिताले सिर्जनशीलतालाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो ।उहांले फोटोग्राफरहरुलाई प्रोत्साहीत गर्नका लागि स्थापना गरिएका यस प्रकारका प्रतियोगिताहरु निकै सह्रानिय कार्य भएको बताउनु भयो । भाद्र २० गते फोटोग्राफर संघ गण्डकी को स्थापना दिवसको अवसरमा हरेक बर्ष मिराज राष्ट्रिय बैवाहिक तथा नेचर एण्ड ल्याण्डस्केप फोटो प्रतियोगिताको आयोजना हुदै आएको छ । मिराज राष्ट्रिय बैवाहिक फोटो प्रतियोगिता अन्र्तगत बिभिन्न ५ विधामा पुरस्कृत गरियो ।

अन्य ५ बिधा अन्र्तगत, ब्राईड एण्ड ग्रुम हेड सट बिधामा काठमाडौका नन्दु श्रेष्ठ, बेष्ट कलरिङ एण्ड रिटचिङ बिधामा कपिलबस्तुका मोहन महतो, बेष्ट मोमेन्ट क्याप्चरिङ बिधामा पर्वतका नारायण पौडेल , बेष्ट कपल पोजिङमा काठमाडौका नन्दु श्रेष्ठ, टिपिकल कल्चर बिधामा कपिलबस्तुकै प्रेम बहादुर अर्याल उत्कृष्ठ बनेका छन उनिहरुले ट्रफी र प्रमाण प्राप्त गरेका छन् । बिधागत उत्कृष्ठ पांच मध्य कपल पोजिङमा प्रदिप श्रेष्ठ, श्रेष्ठ फोटो, उन्नती फोटो, महेन्द्र के।सी , ब्राईड एण्ड ग्रुम हेड सट बिधामा मोहन महतो, महेन्द्र केसी, पुरन थापा, सुवास पौडेल बेष्ट मोमेन्ट क्याप्चरिङ बिधामा किशोर सुनार, सानुकाजी महर्जन, विष्णुहरी अधिकारी, बिकास ठकुरी, टिपिकल कल्चर बिधामा देवानन्द पोख्रेल, नारायण पौडेल, प्रेम श्रेष्ठ, श्रेष्ठ फोटो बेष्ट कलरिङ एण्ड रिटचिङ बिधामा पूर्णदत्त भट्टराई, भुवन श्रेष्ठ, प्रेम श्रेष्ठ, उन्नती फोटो पर्न सफल भएका थिए।

मिराज राष्ट्रिय बैवाहिक फोटो प्रतियोगितामा बर्ष भरिनै सामाजिक संजाल फेसबुक पेज मार्फत आएका तस्बिरहरुलाई बेष्ट अफ द मन्थले सम्मान गरिएको थियो ।
बेष्ट अफ द मन्थमा डिसेम्बर बेष्ट अफ द मन्थ सुवाश पौडेल , जनवरी बेष्ट अफ द मन्थ नन्दु श्रेष्ठ , फेब्रुअरी बेष्ट अफ द मन्थमा बिष्णुहरी अधिकारी, मार्च बेष्ट अफ द मन्थमा किशोर सुनार, अप्रिल बेष्ट अफ द मन्थमा पुरन थापा , मे बेष्ट अफ द मन्थमा नन्दु श्रेष्ठ जुन बेष्ट अफ द मन्थमा नन्दु श्रेष्ठ , जुलाई बेष्ट अफ द मन्थमा प्रदिप श्रेष्ठ बिजेता बन्न सफल भएका थिए ।

बैबाहिक फोटो प्रतियोतिामा नेपालका बिभिन्न जात जातीका धार्मीक एवम संकृतीक पहिचान लाई प्राथमिकतामा राखेर पुरस्कृत गरिएको मिराज राष्ट्रिय बैवाहिक फोटो प्रतियोगिताका अक्ष्यकोषदाता भक्त बहादुर तामाङले बताउनुभयो ।
मिराज राष्ट्रिय बैवाहिक फोटो प्रतियोगिताका लागि मिराज फोटोका संचालक भक्त तामाङ÷बृहस तामाङले रु ३ लाखको अक्षयकोषको स्थापना गरिदिनुभएको छ र त्यसैको प्राप्त ब्याज बाट पुरस्कृत गरिदै आएको छ ।
यसैगरि अर्को नेचर एण्ड ल्याण्डस्केप बिधा अन्तरगत उत्कृष्ठ दसमा पर्न सफल फोटोग्राफरहरुमा सजिनमणि पौडेल ,लक्ष्मीपति पौडेल ,सुवास पौडेल ,कृतन पोख्रेल,रमेश श्रेष्ठ,बव शाही,सफल पौडेल,समिर रेग्मी,सजिनमणी पौडेल रहेका छन ।

कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष तुलसी राम सुवेदीले सम्पुर्ण अतिथीहरुलाई स्वागत मन्तब्य द्धारा स्वागत गर्दै प्रतियोगिताका लागि अक्षयकोष स्थापना गरिदिएर नेपाल कै अग्रणी संस्थाका रुपमा फोटोग्राफर संघ स्थापित हुन सकेकोमा सवै सहयोगी मनहरु प्रति आभार ब्यक्त गर्नुु भयो ।
कार्यक्रममा निर्णायक मण्डलका संयोजक दुर्गा प्रसाद पौडेलले छनोट प्रकृयाका बारेमा जानाकारी गराउनु भएको थियो भने प्रतियोगिता संयोजक जीवन ढुंगानाले सहभागीता र तस्विरका बारेमा जानाकारी गराउनु भएको थियो । प्रतियोगितामा सामाजिक संजाल फेसबुक र गुगलफर्म मार्फत प्रतिस्प्रर्धामा १ हजार ५ सय तस्बिरहरु सहभागी रहेको ढुंगानाले जनाउनु भयो ।
कार्यक्रममा फोटो कन्र्सन काठमाङौका प्रवन्ध निर्देशक दिनेश अर्याल, कैलास सहकारी संस्थाका अध्यक्ष खडानन्द अधिकारी, अक्ष्यकोषदाता भक्त बहादुर तमाड।, चितवन फोटोग्राफी संघका अध्यक्ष हरि पन्त, संस्थाका सल्लाहकार गणेशलाल श्रेष्ठ, पर्वत जिल्ला संयोजक बिजय शर्मा जैसी, नवलपुर जिल्ला संयोजक कुशल अधिकारी, मुस्ताङ जिल्ला संयोजक शुसिलबाबु थकाली,
पुरस्कृत फोटोग्राफर देवानन्द पोखरेल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम फोटोग्राफर संघ गण्डकीका अध्यक्ष नारायण बहादुर केसीको अध्यक्षतामा आयोजना भएको थियो भने संचालन संस्थाका महासचिव प्रेम प्रसाद पराजुलीले गर्नुभएको थियो ।
कार्यक्रमका नबगठित जिल्ला संघ म्याग्दी जिल्ला फोटोग्राफर संघ र गोर्खा फोटोग्राफर संघ का कार्य समिती पदाधिकारी हरुलाई बधाई तथा सम्मान गरिएको थियो । त्यसका साथै भारतको पटनामा आयोजना हुन गईरहेको बिहार फोटो भिडियो एस्पोको ब्यानर सार्वजनिकरण समेत गरिएको थियो ।

मिराज राष्ट्रिय बैवाहिक फोटो प्रतियोगितामा उत्कृष्ट फोटो
फोटोः देवानन्द पोख्रेल

नेचर एण्ड लेण्डस्केप फोटो प्रतियोगिता उत्कृष्ठ फोटो
फोटोः बसन्त पौडेल