पौष २६ गते २०७९

चैत ६ बाट विराट गोल्डकप शुरु गर्ने तयारी

 इलाम , २६ पुस । 

विराट गोल्डकप ट्रष्टले आगामी चैत ६ गते छैटौं संस्करणको विराट गोल्डकप आयोजना गर्ने जनाएको छ। ट्रष्टले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको मिति सार्वजनिक गरेको हो।

चैत १४ गतेसम्म हुने प्रतियोगिताको मुख्य संयोजकको रुपमा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला रहने ट्रष्टले जनाएको छ। प्रदेश १ को एकमात्र रात्रिकालीन फुटबल प्रतियोगिताको पहिचान बनाएको गोल्डकपमा अन्तरराष्ट्रियसहित ८ टोलीको सहभागिता रहने जनाइएको छ।

विराटनगरस्थित शहीद रंगशालामा हुने प्रतियोगिताको पुरस्कार राशीमा वृद्धिसमेत गरिएको छ। २०७८ वैशाखमा सम्पन्न पाँचौँ सस्करण विजेता एपिएफले १५ लाख र उपविजेता पञ्जाब पुलिस क्लब भारतले ७ लाख ५० हजार नगद पुरस्कार पाएका थिए।

महेन्द्र गोल्डकपका नाममा २०१८ सालदेखि सञ्चालन हुँदै आएको यो प्रतियोगिता २०६२र६३ को राजनीतिक परिवर्तनपछि २०६७ बाट विराट गोल्डकपको नाममा सञ्चालन हुँदै आएको छ।