पौष १६ गते २०७९

पोखरा महानगरपालिका र शैक्षिक संस्थाहरुमा आईतबार बिदा

पोखरा, १६ पुस । पोखरा महानगरपालिकाले आईतबार महानगर कार्यालय तथा शैक्षिक संस्थाहरुमा बिदा दिने भएकाे छ ।

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको पुस १७ गते उद्घाटन गरिने र यसको आयोजना समारोहको लागि व्यापक जनसहभागिता रहोस् भन्ने उद्येश्यले आईतबार पुस १७ गते बिदा गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्रदेव भारतीले जारी गरेको सूचनामा जनाईएको छ ।

सो दिन पोखरा महानगरपालिका कार्यालय, महाशाखा, शाखा, वडा कार्यालय तथा यस अन्तर्गतका विद्यालय एवं शैक्षिक संघसंस्था समेत बन्द रहने जारी सूचनामा उल्लेख छ ।