भाद्र २८ गते २०७९

कांग्रेस नेता भोजवहादुरको दोश्रो स्मृति सभा


कमल पौडेल अथक
पोखरा २८, भदौ
नेपाली कांग्रेस कास्कीका स्वर्गीय नेता भोजवहादुर गुरुङ सिकन्दरको दोश्रो स्मृति दिवस मंगलवार पोखरामा सम्पन्न भयो । स्वर्गीय भोजवहादुर गुरुङ स्मृति प्रतिष्ठानले सो कार्यक्रम आयोजना गरेको हो ।
सो अवसरमा वोल्दै नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठले स्वर्गीय भोजवहादुर गुरुङ कांग्रेसका आश लाग्दो खम्वा रहेको चर्चा गरे । उनले भोजवहादुरका केही नराम्रा कुरालाई जोडेर तथ्य बंङ्याउन खोजिए पनि नेपाली कांग्रेस, साथी र शुभचिन्तकको लागि उनी निकै प्रिय रहेको बताए । बीपी कोइराला पोखरा आउँदा सुरक्षा कवचको रुपमा भोजवहादुर नै अगाडि खटिने गरेको उनले स्मरण गरे ।
भोजवहादुर लड्न मात्र नभएर अध्ययन गर्न पनि उत्तिकै रुची राख्ने नेपाली कांग्रेसको सिपाही भएको उनले वताए ।
प्रतिष्ठानका अध्यक्ष देबी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पोषनाथ शर्मा र सचिव राजवहादुर गुरुङ लगायतले वोलेका थिए । सो अवसरमा स्वर्गीय गुरुङको तस्वीरमा पुष्पगुच्छा अर्पण गरिएको थियो ।