असार १२ गते २०७९

छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय हेमजा गोल्डकपको उपाधी एभिनियर फुटबल क्लब डाउलालाई

पोखरा, १२ असार
छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय हेमजा गोल्डकप आमन्त्रित नकआउट फुटबल प्रतियोगितामा एभिनियर फुटबल क्लब डाउला विजयी भएको छ ।
पोखरा २५ हेमजा स्थित गौरीशंकर खेलमैदानमा भएको खेलमा एभिनियर फुटबल क्लबले आयोजक हेमजा युनाइटेडलाई ३–१ गोलले हराउँदै विजयी भएको हो । एभिनियर फुटबल क्लब डाउलाको तर्फबाट जर्सि न। ४ का एनिश, जर्सि न। २१ का स्याङ र जर्सि न। ३४ का बिल्लेले १।१ गोल गरेका थिए । हेमजा युनाइटेडको तर्फबाट जर्सि न। १३ का सुशिल राइले १ गोल फर्काएका थिए । उक्त खेलमा एभिनियर फुटबल क्लबबाट खेलेका जर्सि न। २२ का नेल्शन म्यान अफ दि म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार हात पारे ।
प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले तीन लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा हेमजा युनाइटेडका दिप कार्की घोषित भए । उनले पुरस्कार वापत नगद ५० हजार हात पारे । त्यस्तै उत्कृष्ट गोलरक्षकमा एभिनियर फुटबल क्लबका कोवासी, डिफेन्डरमा हेमजा युनाइटेडका आशिष गुरुङ, मिडफिल्डरमा एभिनियरका नेल्शन, फरवार्डमा हेमजा युनाइटेडका सुशिल राई र प्रशिक्षकमा आशिक थापा चयन भए । उनिहरुले पुरस्कार बापत नगद २०÷२० हजार रुपैयाँ प्राप्त गरे ।
त्यस्तै प्रतियोगिताको सर्वाधिक गोलकर्तामा कमल थापा र बिल्ले रहेका थिए । त्यस्तै अनुशासित टिममा कालिका स्पोर्टस् एकेडेमी घोषित भयो । सर्वाधिक गोलकर्ता र अनुशासित टिमले नगद रु २५÷२५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।