वैशाख ४ गते २०७९

पुम्दीकोटमा आइतबार देखि महायज्ञ सुरु ६ करोड संकलनगर्ने लक्ष्य


पोखरा , वैशाख
पोखरा २२ स्थित पुम्दीभुम्दीको पुम्दीकोटमा यही वैशाख ४ गते आइतबार देखि सुरु हुने महायज्ञ सुरु भएको छ ।
पुम्दीकोट बिशालमहादेवको मुर्ति परियोजनाअन्र्तगतअधुरा कार्य सम्पन्नगर्न र समितिको करिब ३ करोड ७५ लाख ऋण भएकोले उक्तभुत्तानीगर्नको लागिपनिपुनः दोश्रो पटक महायज्ञ आयोजनागर्न लागिएको समितिकाअध्यक्षचन्द्रकान्त बरालले बताए । परिमार्जीत परियोजनाअन्र्तगत सुमेरु पर्वत नामाकरण गरी कुमार, पार्वतीको मुर्ति स्थापनागर्ने, भुमेश्वर महादेव देखि सुमेरु पर्वतसम्मबिद्युतीयचियर कार निर्माण गर्ने, गृनरी पार्क निर्माण गर्ने, व्यबस्थितपार्किङ स्थलनिर्माण गर्ने लगायतका परियोजना रहेको अध्यक्ष बरालले बताए । ४० करोडको उक्त परियोजनाअन्र्तगत ५१ फिट अग्लो महादेवको मुर्ति, ३१ फिट अग्लो बिशाल डम्मरु, बिशालमहादेवको बिशाल क्षेत्र कुण्ड(गंगा पोखरी), १ सय ८ स्वर्गद्धारी सिढि निर्माण भएको उनले जनाए । त्यसै गरी एक सय ८ धारा सडित तेश्रो आँखा, २ सय १६ शिवलिंग, शिव ताण्डव नृत्य हल, अन्तराष्ट्यि ध्यान केन्द्र, मनोरेलद्धारा गणेश परिक्रमा, फुलमालाबिक्रिको लागि ४१ वटा सटर, कम्पाउण्ड वाल, प्रशासकियभवन, सौचालयलगायतकाभौतिक संचरनानिर्माण भएको अध्यक्ष बरालले बताए ।
उक्त परियोजनाको करिब ५० प्रतिशतकाम सकिदाकरिब २० करोड लगानीभएको उनले जनाए । ९ दीनचल्ने महायज्ञमाबाट करिब ६ करोड रुपैया संकलनगर्ने लक्ष्य राखिएको छ भने उक्त महायज्ञ सम्पन्नगर्न करिब ७० लाखखर्च लाग्ने भएको अध्यक्ष बरालले बताए ।
मुख्यबाचकको रुपमाभागवतभाष्कर युवा पण्डित कमलनयनगौतम रहने भएको समितिले जनाएको छ । बिहान १० बजेदेखि बेलुका ४ बजेसम्मकथाप्रबर्चन, झाँकीप्रर्दशनगरिने भएको समितिकाउपाध्यक्षहिमलाल बरालले बताए। यस अघि २०७३ फागुन ३ देखि १३ गतेसम्म संचालनभएको महायज्ञबाट ६ करोड २८ लाखनगद सहित २० रोपनीजग्गाप्राप्तभएको समितिले जनाएको छ ।
पर्यटन प्रबद्र्धनको लागिपुम्दीकोट बिशालमहादेव मूर्ति निर्माण हाम्रो अठोट, समृद्दि र विकास, बेरोजगार र विदेश पलायनहुनेहरुकालागिनिकास भन्ने नाराका साथआयोजनाहुने महायज्ञमा पोखराको मुख्यबजारबाट महोत्सव स्थलसम्मजानआउनको लागिनिशुल्क बस सेवाको व्यबस्थागरिएको अध्यक्ष बरालले बताए ।
उक्तबिशालमहादेवको मुर्तिको औपचारिक उद्घाटन विनाहिजोआज दैनिकजसो ५ सय पर्यटकहरु जनाथालेको समितिले जनाएको छ । बिशालमहादेवको मुर्ति अवलोकनको लागिऔपचारिक उद्घाटन पश्चातमात्रप्रशासनको समन्वयमानिश्चितशुल्कःनिर्धारण गरिने भएको समितिलेतयारी गरेको छ ।