चैत्र २४ गते २०७८

आसन्न निर्वाचनमा भ्रष्टाचारीलाई जनताले तह लगाउँछन्ः प्रवक्ता शाही



कमल पौडेल अथक
पखरा, २४ चैत्र
राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले आगामी निर्वाचनमा जनताले भ्रष्टचारीलाई पाखा लगाउने वताएका छन् । राप्रपा कास्की क्षेत्र नं २ तथा पोखरा वडा नं ८ को पार्टी सम्पर्क कार्यालयको बिहीवार पोखरामा उद्घाटन गर्दै प्रवक्ता शाहीले सो कुरा वताएका हुन् ।
उनले देशमा यतिवेला मिलेर भ्रष्टाचार गर्ने गिरोह सक्रीय रहेको वताए । जनताको अपेक्षा पूरा गर्न भन्दा आफ्नो भुँडी भर्न अहिलेका प्रमुख दलहरु हूल बाँधेर लागेको शाहीले जिकिर गरे । हिन्दूधर्म सहितको एकात्मक साशन व्यवस्थाले नै मुलुकमा रुपान्तरण आउने उनको भनाई छ । राष्ट्र र राष्ट्रियताको लागि अव सवै नेपालीहरु एक जुट हुनुको विकल्प छैन,– प्रवक्ता शाहीले भने । उनले आगामी चुनावमा राप्रपाले जितेमा देशमा स्वास्थ्य, शिक्षा, निशुल्क गराउनुको साथै स्वदेशमा नै रोजगारी सृजना गर्ने वताए ।
पार्टीका धार्मिक विभाग प्रमुख पुष्पराज पुरुषले विदेशीको इसारमा देशको धर्म संस्कार विक्री गरिएको वताउँदै अव आम नेपाली चनाखो हुनु पर्ने धारणा व्यक्त गरे । उनले संस्कार र संस्कृति माथिको हमला अव जनतालाई सैह्य नभएको वताए ।

राप्रपा कास्की क्षेत्र नं २ का क्षेत्रीय अध्यक्ष कृष्णराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश अध्यक्ष पञ्चराम गुरुङ, राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङ, नेताहरु जयलाल पुन, कुलवहादुर गुरुङ कुलु वडा नं ८ का इकाइ अध्यक्ष बाबुराम चालिसे लगायतले बोलेको राप्रपा कास्कीका सहसचिव सुवर्णराज पन्तले जानकारी दिएका छन् ।