पौष १७ गते २०७८

कांग्रेसले बीपीलाई चिन्न सकेन, महामन्त्री शर्मा


कमल पौडेल अथक
पोखरा १७, पुस

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले बीपी कोइरालालाई चिन्न नसकेको वताएका छन् । ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा कास्की कांग्रेसद्धारा शुक्रवार पोखरामा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण एवं सम्मान कार्यक्रममा वोल्दै उनले सो कुरा वताएका हुन् ।
उनले वीपीको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक भएको वताए । बीपी कोइराला नमिल्ने कुरालाई पनि मिलाउन खोज्ने साहसी राजनीतिज्ञ भएको उनले वताए । बीपीको सपना साकार पार्ने जिम्मा कांग्रेसको काँधमा रहेको भन्दै उनले कत्ति पनि विचलित नभइ काम गर्नु पर्ने वताए ।
सो अवसरमा पार्टीले ७५ वर्ष उमेर पार भएका पुराना ३७ जना नेताहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको छ ।
यता नेपाली कांग्रेस कास्कीको नयाँ नेतृत्व आए सँगै गरिएको कार्यक्रममा मञ्चमा हिजो केही फेरिएको देखियो । बर पिपलको अगाडि वीपी लगायतका अग्रजको फोटो राखेर कार्यक्रम सुरु गरियो ।
अध्यक्ष आशन र प्रमुख अतिथि आशन अग्रभागमा थियो । पछाडि सम्मानित हुने पुराना कांग्रेस नेताहरुलाई रखियो । ११ वजे सुरु हुने भनेको कार्यक्रम साढे १२ वजे सुरु भयो ।
त्यसपछि भने कास्की कांग्रेसको पुरानै शैली सुरु भयो । विश्वप्रकाश शर्माद्धारा प्रवचन हुने भनिएको कार्यक्रम कास्कीकै नेताको भाषणले थिचो मिचो भयो । कार्यक्रम संञ्चालकहरु नेताहरुको आग्रह अस्वीकार गर्न असमर्थ देखिए । २ घण्टा जति कास्कीका नेताको भाषणपछि बल्ल विश्वप्रकाश शर्माको वोल्ने पालो आयो । उनले करिव ४५ मिनेट संम्वोधन गरेर कार्यक्रम सकियो ।
लामोसमय सम्म मञ्चआशिन सम्मानित पुराना कांग्रेसहरु जाडोले कठ्याङग्रिए । विश्वप्रकाशको प्रवचन भरपूर सुन्ने भन्दै आएका कार्यकर्ताहरु कास्की कै नेताहरुको उही पुरानो भाषण सुन्न परेपछि निराश भएको सहभागीले बताए ।
कास्की कांग्रेसको नेतृत्व फेरिए पनि उही पुरानै भजने र चाकडीवाल शैली फेरिएन उनीहरुले भने ।