असाेज १८ गते २०७८
आफूले मन्त्रिमा भाग खोजेको भन्ने समाचार झूटो – चोलेन्द्र शम्शेर जबरा
काठमाडौं ,१७ असोज । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरूसँग मन्त्रिपरिषद् विस्तारमा आफूले पनि भाग खोजेको भन्ने समाचार झूटो भएको बताएका छन् । आइतबार सेतोपाटी र अनलाइनखबर डटकम र सोमबार कान्तिपुर दैनिकमा मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीश जबराका लागि पनि कोटा छुट्याउन दलका नेताहरूबीच छलफल भएको समाचार प्रकाशित भएको थियो। त्यसरी समाचार सार्वजनिक भएपछि सर्वोच्च अदालत बार एसोसिएसनक पदाधिकारीले सोमबार बिहान प्रधानन्यायाधीश जबरालाई भेटेर त्यसबारे चासो राखेका थिए।