असाेज ११ गते २०७८
प्राइम सहकारीको १२ साधारण सभा
पोखरा, ११ असोज ।
प्राइम सहकारी संस्था लिमिटेडको १२ औं साधारण सभा तथा तेश्रो अधिबेशनको शुभारम्भ समारोह सम्पन्न भएको छ । आइतबार भएको कार्यक्रममा उत्कृष्ट शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।
सहकारीले उत्कृष्ट सञ्चालक सदस्य बाबुलाल पाण्डे, उत्कृष्ट महिला सदस्य बिष्णुमाया भाशिमा, उत्कृष्ट बचतकर्ता सदस्य प्रदीप कोइराला, उत्कृष्ट सदस्य विनोद भण्डारीलाई सम्मान गरेको हो । सम्मानित व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथी सहकारी रजिष्ट्रारको कार्यलय गण्डकी प्रदेशका रजिष्ट्रार उदयबहादुर पराजुली र सहकारीका अध्यक्ष निदेश प्रसाद कोइरालाले दोसल्ला, माला र प्रमाणपत्रले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी सहकारी रजिष्ट्रारको कार्यलय गण्डकी प्रदेशका रजिष्ट्रार उदयबहादुर पराजुलीले सहकारीले क्षेत्रहरु पहिचान गरि उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । गजलकार एवम संस्थाका सल्लाहकार दिलिप श्रेष्ठले प्राइम सहकारी आरोह अवरोह विचमा पनि अगाडी बढेको स्मरण गराउनुभयो । सहकारीका अध्यक्ष निदेश प्रसाद कोइरालाले सहकारीले नाफामुलक ढंगले मात्र नहेरी सामाजिक उत्तरदायित्वका कामहरु पनि गर्ने गरेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार उपेन्द्र पौडेल, राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रमुख नरेश पाण्डे, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापति लगायतले बोल्नुभएको थियो । कोरोनाका कारण भौतिक उपस्थितीलाई मध्यनजर गर्दै साधारण सभा अन्र्तगत शेयर सदस्यहरुले सुझाव तथा हस्ताक्षर संकलन संस्थाको लेखनाथ र बगर सेवा केन्द्रसंगै गैह्रापाटनमा समेत अशोज १५ गते सम्म जारी रहने संस्थाका शाखा प्रमुख सुनिल थापाले जानकारी दिनुभयो ।
सहकारीका अध्यक्ष निदेश प्रसाद कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा कोभिडका कारण निधन भएका संस्थाका शेयर सदस्यहरुको सम्झनामा मौन धारण गरिएको थियो । कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष शंकर कार्कीले गर्नुभएको थियो भने सहकारी को सिद्धान्त संस्थाका व्यवस्थापक निरु थापाले बाचन गर्नुभएको थियो ।