भाद्र १० गते २०७८

माओवादी कास्की इन्चार्जमा करण, महानगर इन्चार्जमा रुपक

पोखरा, भाद्र,
नेकपा माओवादी केन्द्रले सांगठनिक जिम्मेवारी टुंगो लगाएको छ । सोमबार र मंगलबार काठमाडौंमा बसेको स्थायी कमिटी बैठकबाट देशभरको र प्रवासको समेत संगठनात्मक जिम्मेवारीको टुंगो लगाएको हो।

माओवादीले कास्की इन्चार्जमा राजकाजी गुरुङ करण र पोखरा महानगर इन्चार्जमा दीपक कोइराला रुपकलाई जिम्मेवारी दिएको छ । करण साबिक नेकपा हुँदा पनि जिल्ला इन्चार्ज नै थिए । रुपक गण्डकी प्रदेशसभा सदस्यसमेत हुन् ।

बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँट समेत गरेको छ । प्रदेश १ मा राम कार्की ुपार्थु इन्चार्ज बनेका छन्।

यहाँ सावित्रीकुमार काफ्ले, पदम राई, धर्मशीला चापागाईँ र अजम्बर काङमाङ प्रदेश सह९इन्चार्ज तोकिएका छन्। यो प्रदेश अध्यक्षको जिम्मेवारी सुरेशकुमार राईले पाएका छन्।

प्रदेश २ इन्चार्जमा गणेश साह तोकिएका छन्। त्यहाँको सह९इन्चार्ज विश्वनाथ साह र महेन्द्र पासवान तोकिँदा प्रदेश अध्यक्ष र सचिव चयन गरिएको छैन।

बागमती प्रदेश इन्चार्जमा हितमान तामाङ चयन हुँदा सह९इन्चार्जमा हितबहादुर तामाङ शशी श्रेष्ठ र सूर्य सुवेदी तोकिएका छन्।

यो प्रदेशको अध्यक्षमा नारायण दाहाल तोकिँदा सचिव खाली राखिएको छ।

गण्डकी इन्चार्जमा हितराज पाण्डेले जिम्मेवारी पाउँदा सह९इन्चार्जमा यसोदा सुवेदी गुरुङ तथा प्रदेश अध्यक्षमा हरि अधिकारी छन् ।

लुम्बिनी प्रदेश इन्चार्जमा चक्रपाणि खनाल ुबलदेवु चयन हुँदा सहइन्चर्जमा कुलप्रसाद केसी र हरिकुल्ला खान चयन भएका छन्। यो प्रदेशको अध्यक्षमा ओनसरी घर्ती चयन हुँदा सचिवामा जगतप्रसाद शर्मा ुअपारुले जिम्मेवारी पाएका छन्।

कर्णालीमा शक्ति बस्नेत इन्चार्ज तोकिँदा सह९इन्चार्जमा कालीबहादुर मल्ल, टेकबहादुर बस्नेत र महेन्द्रबहादुर शाहीलाई तोकिएको छ। यहाँको अध्यक्षमा राजकुमार शर्मा र सचिवमा रामदीप आचार्यले जिम्मेवारी पाएका छन्।

सुदूरपश्चिम इन्चार्जमा खगराज भट्ट तोकिएका छन्। त्यहाँ सह९इन्चार्जमा लक्ष्मीदत्त जोशी र तारामान स्वाँरले जिम्मेवारी पाएका छन्। यो प्रदेशमा माओवादीले अध्यक्ष र सचिव छान्न सकेको छैन।

त्यस्तै विशेष समिति इन्चार्जको भूमिमा लीलामणि पोखरेल आएका छन्। यो समितिको सह९इन्चार्जमा केशव नेपाल, गंगा कार्की र पुष्पविक्रम मल्ल तोकिएका छन्। अध्यक्षमा लेखनाथ न्यौपाने रहेका छन्।

उता सम्पर्क समन्वय समिति इन्चार्जमा डिलाराम आचार्य, सह९इन्चार्जमा झक्कु सुवेदी तोकिँदा अध्यक्षमा सत्या पहाडी र सचिवामा देवेन्द्र पराजुलीलाई जिम्मेवारी दिइएको छ।

प्रवास समितितर्फको इन्चार्जमा नारायणकाजी श्रेष्ठ तोकिएका छन्। यस समितिको सह९इन्चार्ज तोकिएको छैन। यो समितिको अध्यक्षमा ओम शर्मा र सचिवमा टी। बी। पाठक तोकिएका छन्।

माओवादीले देशभरका जिल्ला समन्वय समितिको इन्चार्ज पनि तोकेको छ। संघीय संरचना अनुसार अभ्यास गर्ने क्रममा माओवादीले जिल्ला कमिटी भंग गरेर समन्वय समिति निर्माण गर्ने निर्णय गरेको थियो ।