भाद्र ५ गते २०७८
कांग्रेसमा क्रियाशील सदस्य विवाद अझै उस्तै
काठमाडौं,५ भदौ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि गठित शीर्ष समितिले थप समय माग गरेको छ । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्यहरु डा। मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग अझै समय लाग्ने जनाएको हो । कांग्रेस केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यताको बाँकी काम भदौ २ भित्र सहमति गरेर भदौ ३ मा केन्द्रीय सभापतिलाई बुझाउन म्याण्डेट दिएको थियो । म्याण्डेट सकिएको २ दिनपछि समितिले थप समय मागेको हो ।