जेठ ३१ गते २०७८

पूर्व मुख्यमन्त्री लगायतलाई सेवा सुविधा वारे चौतर्फी आलोचना


कमल पौडेल अथक
पोखरा ३१, जेठ
नेपाली उखान छ बोतल फेरियो, भित्रको झोल उही, गण्डकी प्रदेशमा सरकार फेरियो । अव कोरोनाको खोप ल्याउने तयारी हुन्छ प्रदेशका नागरिकको चाहना यही थियो । तर नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारले पहिलो निर्णय पूर्व मुख्यमन्त्री लगायत पदाधिारीहरुलाई सेवा सुविधा दिने विधान बनाउने निर्णय गरेपछि यो सरकारको अहिले चौतर्फी आलोचना भएको छ । नागरिक कोरोनाले थलिएको वेला गण्डकी सरकारले आफ्नै सेवा सुविधाको वारेमा कुरा गरेपछि चौतर्फी आलोचना भएको हो ।
अहिले प्रदेशमा मुख्यमन्त्री वनेका कांग्रस प्रदेश संसदीय दलका नेता कृष्ण चन्द्र नेपालीले यसअघि सदनमा सरकारले खोप ल्याउन नसकेको भन्दै पृथ्वीसुव्वा गुरुङ नेतृत्वको सरकारको तीब्र आलोचना गर्दै आएका थिए । उनको यो आलोचना कांग्रेसीले मात्र होइन आम गण्डकी वासीले मन पराएका थिए ।
तर विरालोले दूलो कुरेर वसे झैं उनी पनि सत्ता नै कुरेर वसेको कुरा उनी निकटको सरकारले हिजो गरेको पहिलो निर्णयवाट पुष्टि भएको छ । कोरोनाका कुरा छोडेर पूर्व मुख्यमन्त्री लगायतलाई सेवा सुविधा वारे विधान वनाउने निर्णय गरेपछि मुख्यमन्त्रीको असली नियत लुट्ने नै रहेको नागरिकले वताएका छन् । एक दिन अघि उनी मुख्यमन्त्री वन्दा कांग्रेसले मात्र नभइ विपक्षी नेकपा एमालेका नेताहरुले पनि उनको छवि वारे प्रसंसा गरेका थिए ।
तर मुख्यमन्त्री वनेको २४ घण्टा नवित्दै उनको नियत वारे चौतर्फी आलोचना भएको छ । एक महिनामा आफूले विश्वासको मत प्राप्त गर्न नसक्ने देखेर आफूलाई नै सुरक्षीत गर्न उनले यो हर्कत गरेको भन्दै तत्काल फिर्ता लिन प्रदेशवासीले माग गरेका छन् ।