चैत्र २८ गते २०७७

पहिलोपटक आहा रारा गोल्डकपको उपाधी संकटाले चुम्यो

पोखरा,२८ चैत ।

१९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि संकटा क्लबले जितेको छ । आज पोखरा रंगशालामा भएको फाइनल खेलमा अफ्रिकन रुट एसोसियसनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै संकटाले पहिलोपटक आहाको उपाधि जित्न सफल बनेको हो । उपाधिसँगै संकटाले नगद १० लाख १ हजार रुपैँया प्राप्त गरेको छ । त्यस्तै उपविजेता अफ्रिकनले नगद ५ लाख १ हजारमा पाएको छ ।

खेलको निर्धारित समय र थप गरिएको ९० मिनेटको समय १-१ गोलको बराबरीमा खेल सकिएको थियो ।

त्यस्तै प्रतियोगितामा व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर राजाबाबु थापा, डिफेन्डर निरज बस्नेत, मिडफिल्डर रिम, स्ट्राइकर बासेक र उत्कृष्ट प्रशिक्षक अफ्रिकनका सर्ज बोरिस चुनिएका छन् । उनीहरुले जनही २५र२५ हजार प्राप्त गरे ।

त्यस्तै खेलमा सर्वाधिक गोलकर्ता तर्फ नेपाल पुलिस क्लबका बुद्द बल तामाङ, संकटाका ग्लोरी, अफ्रिकनका बासेक र मौसाले प्राप्त गरे । यस्तै फेयर प्ले अवार्ड नेपाल पुलिस क्लबले प्राप्त गरेको छ ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सकंटाका गोलकिपर राजाबाबु थापा चुनिए । उनले एप्रिला स्कुटर प्राप्त गरेका छन् ।