चैत्र २१ गते २०७७

अब छिट्टै नयाँ सरकार गठन हुन्छ : प्रचण्ड

कपिलवस्तु,२१ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा अब छिट्टै नयाँ सरकार गठन हुने बताएका छन् । कपिलवस्तुमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपाली कांग्रेसले केपी ओलीको राजीनामा माग गरेकाले अब देशमा राजनीतिक परिवर्तन हुने र नयाँ सरकार आउने दाबी गरे ।