चैत्र २० गते २०७७

‘कृष्ण लीला’ रिलिज अन्योलमा

काठमाडौं २० चैत ।

कोरोना संक्रमणका कारण करीब ९ महिना बन्द भएका सिनेमा हल गएको पुष ३० गतेबाट ५० प्रतिशत अकुपेन्सीमा हल खोल्न अनुमति दियो । सरकारको यो निर्णयले राहत महशुस गरेका हल सञ्चालकहरु तीन महिनादेखि सिनेमा हलमा दर्शकको चाप नबढ्दा निरास छन् ।

सरकारले ५० अकुपेन्सीको बन्देज नहटाउँदा आशातित फिल्महरु प्रदर्शनमा आउन सकेका छैनन् । यसका बावजूद पनि चैत २७ गते तीन फिल्मले रिलिज मिति घोषणा गरेका थिए । यसमध्ये ‘लप्पन छप्पन २ र मनसँग मन’ ले भारतमा बढेको संक्रमणको भयले रिलिज पोस्टपोन्ड गरेका छन् । ‘कृष्ण लीला’ भने अन्योलमे देखिन्छ ।