चैत्र २ गते २०७७

राष्ट्रपति भण्डारीले बोलाइन् सर्वदलीय बैठक

काठमाडौँ, ०२ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् ।मंगलबारको लागि सर्वदलीय बैठक बोलाइएको राष्ट्रपति कार्यालयले जानकारी दिएको हो ।

मंगलबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठकमा पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य नेतालाई आमन्त्रण गरिएको राष्ट्रपतिका संचार मामिला विज्ञ टीका ढाकालले जानकारी दिए ।समसामयिक राजनीतिक विषयमा छलफल गर्न सबै दलका मुख्य नेताहरुलाई शितल निवासमा बोलाइएको उनले जानकारी दिए ।