फागुन २३ गते २०७७
पत्रकार अथक मान–कृष्ण स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत
समयदृष्टि,सम्वाददातापोखरा २३, फागुन
पोखराका चर्चित पत्रकार कमल पौडेल अथक मान–कृष्ण स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । स्याङ्जाको पुतलीवजार नगरपालिका ५, पवैगौंडेमा अवस्थित शितला माविकोे ४७ औं वार्षिकोत्सवको अवसरमा शनिवार उनी सो पुरस्कारबाट पुरस्कृत भएका हुन् । विद्यालयमा स्थापित मानवहादुर कृष्णकुमारी स्मृति ट्रष्टद्धारा स्थापित र विद्यालयद्धारा सञ्चालित सो पुरस्कारको राशी नगद रु १० हजार, र सम्मान पत्र रहेको छ । पुतलीवजार नगरपालिकाका उपप्रमुख महेश पुरी, र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रवहादुर कार्कीले माला, खादा, नगद र सम्मान पत्रले पुरस्कृत गरेका हुन् । विगत दुइ दशकदेखि पोखरामा पत्रकारिता गर्दै आएका पत्रकार अथकलाई यो वर्ष सो पुरस्कार प्रदान गरिएको पुरस्कार छनौट समितिका संयोजक शैलेन्द्रजंग कार्कीले जानकारी दिएका छन् । पुरस्कृत पत्रकार कमल पौडेल अथक रेडियो सराङ्कोटका समाचार प्रमुख, समयदृष्टि अनलाइनका सम्पादक समेत हुन् । नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य समेत रहेका अथक यसअघि दर्जनौ सम्मान तथा पुरस्कारबाट पुरस्कृत भैसकेका छन् ।पत्रकारिता सँगै साहित्यमा समेत रुची भएका अथकले आफूले प्रकाशन गरेका गीत, गजल, उपन्यास, खण्डकाव्य र हाइकूका पुस्तकहरु विद्यालयका प्रधानाध्यापक भीमप्रसाद शर्मालाई हस्तान्तरण गरेका थिए ।सो अवसरमा वोल्दै पत्रकार अथकले उक्त पुरस्कारले आफूलाई पत्रकारिता क्षेत्रमा थप हौसला मिलेको वताए । २०६८ सालदेखि पत्रकारिता र सात्यिीक क्षेत्रका एक एक जना प्रतिभालाई वार्षिक रुपमा सो पुरस्कार वितरण गर्दै आएको ट्रष्टका संरक्षक प्रकाशजंग कार्कीले जानकारी दिएका छन् । सो अवसरमा साहित्य तर्फको पुरस्कार डा यामवहादुर पौडेल क्षेत्रीलाइ प्रदान गरिएको छ । सो पुरस्कारको राशी पनि नगद रु १० हजार, र सम्मान पत्र रहेको छ । कार्यक्रममा ट्रष्टद्धारा संञ्चालित विभिन्न गरी ४१ हजार वरावरको पुरस्कार प्रदान गएिको थियो ।कार्यक्रममा क्यालिफोनिर्यामा रहेका इन्जिनियरद्धय विवेक जंग कार्की र अजय श्रेष्ठले विद्यालयलाई माष्टर प्रोजेक्ट हस्तान्तरण गरेका छन् । त्यस्तै इन्जिनियर विवेक जंघ कार्कीले उत्कृष्ट अंक ल्याउने विवेक रेग्मी र टीका शाहीलाई जनही २ हजार ५ सय रुपैयाँ प्रदान गरेका छन् । सो अवसरमा विद्यालयका प्रधानाध्यापक भीमप्रसाद शर्मालाई ट्रष्टले पाँचहजार राशी सहित सम्मान गरेको थियो । त्यसैगरी कलाकार तारावहादुर गुरुङलाई पनि विद्यालयले सम्मान गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रवहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पुतलीवजार नगरपालिकाका उपप्रमुख महेश पुरी, पुरस्कार छनौट समितिका संयोजक शैलेन्द्रजंग काकी, प्रधानाध्यापक एवं सदस्य सचिव भीमप्रसाद शर्मा र वडाध्यक्ष रामचन्द्र रेग्मी, शिक्षक कृष्णप्रसाद लामिछाने, अप्सरा गोदार, विद्यार्थीद्धय अनिषा थापा, सन्दीप कार्की लगायतले वोलेका थिए । सो अवसरमा विद्यालयमा विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गरिनुको साथै उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।