फागुन १० गते २०७७
८ हप्तापछि कोभिड खोपको दोस्रो मात्रा दिइने
काठमाडौं, १० फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई ८ हप्तापछि दोस्रो मात्रा दिने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयले कोभिड-१९ प्राविधिक सल्लाहकार समितिको प्रस्ताव अनुसार दोस्रो मात्रा खोप ८ हप्तापछि दिने निर्णय गरेको हो। सिफारिस समितिले कोभिड विरुद्धको पहिलो खोप लगाएका व्यक्तिहरुलाई दोस्रो मात्रा ८ देखि १२ हप्ताभित्र दिन मन्त्रालयलाई प्रस्ताव गरेको थियो।
सरकारले कोभिड खोप अभियान सुभारम्भ गर्दा दोस्रो मात्रा २८ दिनपछि दिने निर्णय गरेको थियो। उक्त निर्णय संशोधन गर्दा ८ हप्तापछि मात्र दोस्रो मात्रा दिने निर्णय गरिएको हो। ‘दोस्रो मात्रा ८ हप्तापछि दिइने छ। दोस्रो मात्रा लगाउने समयमा स्वास्थ्य मन्त्रालयले पुनः सूचना जारी गर्नेछ,’ मन्त्रालय स्रोतले भन्यो। गत माघ १४ गतेदेखि नेपालमा कोभिड विरुद्धको खोप अभियान सञ्चालन भएको हो।