फागुन ८ गते २०७७
दोलखामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या
काठमाडौं,८ फागुन । दोलखाको कालिञ्चोक गाउँपालिका-६ मा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २७ वर्षीया हिमाल थामी छन् ।
जिल्ला प्रहरी कार्यालय, दोलेखाका प्रमुख डीएसपी भेषराज रिजालले बताएअनुसार शुक्रबार राति २ बजे खुकुरी प्रहार गरी हत्या गरिएको पाइएको छ ।प्रहरीलाई ४ः११ बजे खबर आएकोमा खोजतलास गर्दा भागेर कालिञ्चोक-७ मा पुगेको अवस्थामा बिहानै उनलाई पक्राउ गरिएको रिजालले बताए ।
श्रीमती २३ वर्षीया सुनिता थामीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल, दोलखा पठाउने तयारी गरिएको छ । हाल पारिवारिक विवादमा घटना भएको हुनसक्ने आशंका गरिए पनि थप अनुसन्धान जारी छ ।