फागुन २ गते २०७७
चीनसँगका दुबै नाका फेरि बन्द
काठमाडौँ,०२ फागुन ।
चिनियाँ भन्सार यार्डका श्रमिकहरु ल्होसार छुट्टीमा गएपछि नेपाल( चीनबीचको दुईवटा व्यापारिक नाका बन्द भएको छ ।
हाल सिन्धुपाल्चोकस्थित तातोपानी नाका र रसुवास्थित रसुवागढी नाका बन्द रहेको छ । कोरोनाका कारण एक वर्षदेखि पूर्ण सञ्चालनमा आउन नसकेको नाकाबाट सीमित रुपमा भइरहेको आयात पनि बिहीबारबाट बन्द भएको रसुवागढी भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीले अनलाइनखबरलाई बताए । ‘चिनियाँ कामदारहरु ल्होसार छुट्टीमा गएछन्, दैनिक पाँच कन्टेनरका दरले भइरहेको आयात पनि अहिले ठप्प छ’ भन्सार प्रमुख रेग्मीले भने ।
चिनियाँ भन्सार अधिकारीसँग भएको कुराकानीमा अझै झण्डै १० दिन आयात प्रभावित हुने जनकारी आएको रेग्मीले बताए । ‘ल्होसार मनाउन चिनियाँहरु आफ्नै घर फर्केका र आउन त्यतीका समय लाग्न सक्ने जानकारी भन्सार अधिकारीले गराएका छन्,’ उनले भने । कोरोनाकाकारण बन्द हुँदै खुल्नै गरेको रसुवागढी नाका गत कात्तिक १३ गतेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको थियो ।