माघ ३० गते २०७७

प्रचण्ड–माधव समूहले फागुन १ गते ‘जनयुद्ध’ दिवस मनाउने

काठमाडौं,३० माघ ।
नेकपा प्रचण्ड–माधव समूहले फागुन १ गते ‘जनयुद्ध’ दिवस मनाउने भएको छ ।

२०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले हिंसात्मक ‘जनयुद्ध’ शुरु गरेको दिनको स्मरणमा दिवश मनाएन लागिएको हो । प्रचण्ड नेतृत्वमा जनयुद्ध सुरु भएको भोली २६ वर्ष पुग्दैछ ।

यस क्रममा युद्धको नेतृत्व गरेको शक्ती अहिले टुक्राटुक्रामा विभाजन भएको छ । भने, पूर्व एमालेसंग पार्टी एकिकरण गरेका अध्यक्ष प्रचण्डको पार्टी नेकपा दुइ समूहमा विभाजन भएको मात्र छैन, प्रचण्ड सडक आन्दोलनमा पुगेका छन् ।

आन्दोलनमा रहेको प्रचण्ड–माधव समूहले दिवशलाई संघर्षकै रुपमा मनाउदै छ, भने दिवस मनाउन तल्लो तहसम्म सर्कुलर नै जारी गरेको छ । शहिद स्मृती तथा सम्मानको व्यानरमा उक्त समूहले कार्यक्रम गर्ने बताएको छ ।हाल नेकपाको अध्यक्ष रहेका प्रचण्डको नेतृत्वमा तत्कालिन माओवादीले १० वर्ष लामो जनयुद्ध लडेको थियो । जनयुद्धमा झण्डै १७ हजार बडिको ज्यान गएको थियो, भने अहिले पनि कैयौ घाइते र वेपत्ता छन् ।

जनयुद्ध गर्ने माओवादी पार्टी अहिले विभाजन भएर टुक्रटुक्रामा विभाजित छ ।जनयुद्ध पुरा नभएको भन्दै विप्लव अहिले पनि भूमिगत अवस्थामा गतिबिधि गरिरहेको छ । सरकारले विप्लव समूहलाई प्रतिवन्ध समेत गरेको छ । जनयुद्धको एक हिस्सा रामबहादुर थापा, टोपबहादुर रायमाझी लगायत भने अहिले केपी ओली नेतृत्वको नेकपमा छन् ।

ओली समूहले जनयुद्ध दिवश मनाउने नमनाउने केही निर्णय गरेको सार्वजनिक भएको छैन ।

यसैगरी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि ‘जनयुद्ध दिवस’ मनाउन देशव्यापी तयारी गरिसकेको छ । यस्तै मोहन वैद्य र सिपी गजुरेलको अलग्गै पार्टी छ । बैद्य लगायतका चार कक्युनिष्ट पार्टीले रणनीतिक मोर्चा गठन गरेर संधर्षको कार्यक्रम घोषण गरेका छन् ।