माघ १२ गते २०७७
ठगिको आरोपले मिस धादिङ घोषणा रोकियो
धादिङ, १२ माघ ।
मिस एण्ड मिसेस धादिङको घोषणा कार्यक्रम अनिश्चित हुन पुगेको छ ।
ठगी गरेको आरोपमा आयोजक मध्येका दुईजना पक्राउ परे सँगै आईतबार धादिङको थांक्रे गाउँपालिकाको सिम्ले स्थित क्लिफ साइड रिसोर्टमा हुने भनिएको नतिजा घोषणा कार्यक्रम अनिश्चित हुन पुगेको हो ।
मिस एण्ड मिसेस धादिङ बनाइदिने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा अमेजन इन्टरटेन्टमेन्टकी कार्यकारी प्रमुख तथा कोरियोग्राफर हिमानी सुब्बा र इभेन्ट मेनेजर कमल खतिवडा शनिवार राती धादिङको धार्केबाट पक्राउ परेका छन् । सुब्बा ललितपुरकी हन भने खतिवडा ईलामको रहेको प्रहरीले जनाएको छ । उनिहरुले प्रतियोगितामा जिताईदिन्छु भन्दै शनिबार राती सहभागीबाट ३ लाखको चेक लिँदै गर्दा स्थानियले पक्राउ गरेर प्रहरीलाई बुझाएका थिए ।
नियन्त्रणमा लिइएका दुवैजना माथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिईन । प्रहरी निरिक्षक थापाका अनुसार उक्त ठगी कार्यमा अन्य व्यक्ति पनि सँलग्न रहेको आशंकामा अनुसन्धान भईरहेको छ । पक्राउ परेका दुवै जनाले घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा आरोप स्वीकार गर्दै पैसा लिनु बाध्यात्मक अवस्था भएको बयान दिएको प्रहरी निरिक्षक थापाले वताईन ।
अमेजन इन्टरटेनमेन्टले विभिन्न सलुन तथा सँस्थाको सहकार्यमा यस अघि पनि अन्य जिल्लाहरुमा कार्यक्रम गर्दै आएको दावी गरेको छ । अमेजनले गत बर्ष आयोजना गरेको कार्यक्रमबाट मिस एण्ड मिसेस धादिङ आइडल २०२० को उपाधि रोहान्सा श्रेष्ठ र रेखा तामाङले पाएका थिए ।