माघ १० गते २०७७

राष्ट्रिय फुटवल टोलीद्धारा पोखरामा प्रशिक्षण सुरु

पोखरा १०, माघ ।

नेपाली राष्ट्रिय फुटवल टोलीले शुक्रबार देखि पोखरामा बन्द प्रशिक्षण सुरु गरेको छ । पोखरा रंगशालामा हालै निर्माण भएको अन्तराष्ट्रिय फुटवल स्टेडिएममा नेपाली राष्ट्रिय फुटवल टोलीको पहिलो पटक प्रशिक्षण हुन शुक्रबार देखि सुरु भएको टोलीका व्यबस्थापक मधुसुदन उपाध्यायले बताए ।

उनका अनुसार ३५ जना खेलाडी, ९ जना अपिसियल सहित ४४ जनाको टोली हाल बन्द प्रशिक्षणको लागि पोखरामा रहेको छ । यही माघ २१ गतेसम्म टोली पोखरामा रहने भएको छ भने खेलाडीहरुको टोलीलाई रिफ्रेसमेन्ट तालिम सहित २÷३ घण्टाको हाइकिङ समेत गर्ने योजना रहेको व्यबस्थापक उपाध्ययायले बताए । पोखरामा खेलाडीहरुको छनौट नभए पनि प्रशिक्षकहरुले खेलाडीहरुको खेल कौसलको मुल्याङकन गर्ने खेलाडी छनौट भने काठमाण्डौंमै हुने भएको उनले जनाए । कोरोनाले गर्दा प्रभावित भएको खेलकुदलाई पोखरामा यस्तो प्रशिक्षण हुनुले पनि खेलकुदलाई अघि बढाउनु पर्छ भन्ने सन्देस प्रवाह भएको व्यबस्थापक उपाध्ययायले बताए ।

विराट महर्जन, रोहित चन्द, विकेस कुथु, अभिषेक रिजाल, विशाल राई, नवयुग श्रेष्ठ लगायतका खेलाडीहरु पोखरामा आएका छन्। त्यस्तै प्राविाधिक कारणले गर्दा सुमन अर्याल, रन्जित धिमाल र रविशंकर पासवान पोखरामा भएकोा प्रशिक्षणमा सहभागि भएका छैनन् ।