पौष २७ गते २०७७

पोखरामा मनाईयो पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस

पोखरा, २७ पुष ।

सोमबार पोखरा लगायत देशको बिभिन्न स्थानमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । विश्व हिन्दु माहासंघको अगुवाईमा बाजागाजासहित निकालिएको र्याली पोखराको मानव अधिकार चोक बाट सुरु भएर पृथ्वीचोकमा पुगेर समापन भएको थियो । यसै बिच शाहको २९९ औं जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशवासीका नाउँमा शुभकामना सन्देश व्यक्त गर्नुभएको हो ।

मुख्यमन्त्री गुरुङले सन्देशमा राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीप्रति सुख, शान्ति, समृद्धि, सु९स्वास्थ्य, आपसी सद्भाव, एकता, भातृत्व एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।