पौष २५ गते २०७७
पोखरामा कोरोनाको कहरमा कफिको लहर
पोखरा २५, पुष ।
पोखरामा पछिल्लो समयमा कफि सप खोल्ने र कफि खानेहरुको लहरै चलेको छ । पोखराको चोकै पिच्छे जस्तो कफि सप अनि कफि सपमा युवा जमातको कफि गफ उस्तै जमेको देख्न पाइन्छ ।
कुनै समय गल्ली पिच्छे खोलिने चिया पसल हिजोआज समय अनुसार मानिसहरुको आयस्तर बृद्धि भएसंगै यो संस्कार परिवर्तन हुदै कफि सपमा परिणत हुन थालेको केही कफि व्यवसायीको भनाई रहेको छ । कफिमा क्याफिङको मात्र प्राप्त हुने हुँदा मानिसमा स्फुर्ती आउने हुदा यसको नियमित सेवनले धेरैलाई बढी जागरिलो र फुर्तीलो पार्ने हुदा पनि कफि रुचाउनेहरुको सङख्या बढ्दै गएको एक कफि व्यवसायी शोभित ठकुरीले बताए ।
अर्कोको रोजगार हुदै मादक पदार्थको व्यवसायमा समेत हात हालेका ठकुरी हाल पोखराको न्यूरोडमा कफि घर संचालन गरी ५ जनालाई रोजगार दिएका छन्। कफि सप र कफि खानेको एक प्रकारको फेसन जस्तै भएकोले यही लहरमा साथी भाईको लैलै मा कफि सप खोल्न पुगेका उनले अबको भविश्य नै कफिमा खोज्न थालेका छन्।
पोखरामा हाल कोरोनाको महामारीका वेलामै करिब ५० वटा कफि सप संचालनमा आएको अध्यक्ष सुवेदीले बताए । उनका अनुसार पोखरामा हाल करिब ३ सय वटा कफि सप रहेका छन्। कफी प्रेमीको रोजाइमा एस्प्रेसो, लाट्टे, मोचा, अमेरिकानो, क्यापिचिनो, आइस्ड कफी, आयरिस,आइस अमेरिकानो आदी पर्छन् । कास्कीमा कफिको प्रबद्र्धन गर्न सहकारी मोडलमा निकै राम्रो काम गर्दै आएको छ । जिल्ला कफि सहरकारी संघ कास्कीले प्रत्यक्ष रुपमा १४ सहकारी र अप्रत्यक्ष रुपमा उतिकै सङख्याका सहकारीबाट कफि प्रबद्र्धनात्मक तथा कफि संकलन गर्दै आएको छ ।