पौष २१ गते २०७७

याद भुलाउदै नरेश भट्टराई

काठमाडौँ, २१ पुष ।
‘तिम्रो याद भुलाउन’को म्यूजिक भिडियो रिलिज भएको छ । गायक शिव परियारको स्वर, उमेश रेग्मीको शब्द तथा संगीतमा तयार भएको भिडियोको

निर्देशन यूवराज वाइवाले गरेका हुन । यो गीतको भिडियोमा नरेश भट्टराई र साक्षी लम्सालले अभिनय गरेका छन् । विकास दाहालको सम्पादन रहेको भिडियोमा निसाल पौडेलको छायांकन छ । भिडियोमा प्रेमिकाले छाडेर गएपछि मदिराको नशामा डुबेको प्रेमीको कथा प्रस्तुत गरिएको छ ।

गायक शिव परियारले गीतले मदिरा पिएर रमाइलो गर्ने भन्दा पनि मदिराको नशाले खराब गर्छ भन्ने सन्देश दिएको बताए ।