पौष १५ गते २०७७

अण्डा ताजा हो की होईन यसरी थाहापाउनुहोस् ….

अण्डा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। विशेषज्ञ भन्छन्, ‘अण्डामा खतरनाक ब्याक्टेरियाको खतरा निकै कम हुन्छ, यसैले यसको सेवनका लागि डराउनुपर्ने कारण छैन।’

डाइटिसियनका अनुसार अण्डा खानुछ भने सादा तरिकाले उमालेर खानुपर्छ। अमलेट बनाइएको या फ्राइ गरिएको अण्डामा कोलेस्टेरोलको मात्रा बढ्छ।

यदि अण्डाको बोक्रा चर्किएको छ भने त्यस्तो अण्डा किन्नुहुँदैंन। किनभने त्यसमा ब्याक्टेरिया हुने खतरा हुन्छ। यसलाई फ्रिजमा ढाकेर राख्नुपर्छ। अण्डाको सेतो भागलाइ डब्बामा राखेर तीन हप्तासम्म फ्रिजमा राख्न सकिन्छ भने पहेंलो भागलाई तीन दिनसम्म राख्न सकिन्छ।

अण्डा ताजा हो कि होइन ?

अण्डा ताजा हो कि होइन भन्ने जान्न एउटा कचौरामा चिसो पानी लिनुपर्छ। त्यसमा अण्डा हाल्नुपर्छ। यदि अण्डा डुब्छ भने त्यो ताजा हो, डुब्दैन भने त्यो ताजा होइन। कुखुराले अण्डा पारेको दिनदेखि २८ दिनसम्म खान योग्य हुन्छ।

अण्डाको एलर्जी

केही व्यक्तिलाई अण्डाको एलर्जी हुन्छ खासगरी ५ वर्षभन्दा कम उमेरका बालबालिकालाई यस्तो समस्या हुन्छ। अण्डाका एलर्जीका केही लक्षण स्
मुख वरिपरी रातो हुनु या सुन्निनु पेट दुख्ने बान्ता हुने

यसको एलर्जी ज्यान लिने खालको हुँदैंन। तर एलर्जी भए तत्काल डाक्टरको सल्लाह लिनुपर्छ।डा फिलिप्स भन्छन्, ‘एलर्जी नभएका व्यक्तिले कुनै पनि प्रकारले अण्डा खान सक्छन्। तर अण्डा कसरी बनाउने भन्नेमा पनि ध्यान दिनुपर्छ।’