असाेज ३ गते २०७७

संबिधान दिवसमा राष्ट्रपतिद्वारा ५९४ जनालाई विभूषण प्रदान


३ आश्विन २०७७, शनिबार
काठमाण्डौ,संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय ९४ जनालाई विभूषण प्रदान गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा भण्डारीले विभूषण प्रदान गर्नु भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मानपदवीतर्फ सु-प्रसिद्ध प्रवल जनसेवा प्रथम १, प्रसिद्ध प्रवल जनसेवा द्वितीय ४, सुकीर्तिमय राष्ट्रद्वीप तृतीय ७, सुप्रवल जनसेवा तृतीय ८७, कीर्तिमय राष्ट्रद्वीप चतुर्थ ८, प्रवल जनसेवा श्री चतुर्थ २ सय ४२ र जनसेवा श्री १०४ जना गरी जम्मा ४ सय ५३ जनाले पाएका छन् ।

यस्तै विभिन्न विभूषणसहितको अलङ्कार १ सय १४ र पदक २७ जनाले पाएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिएका छन् ।