असाेज १ गते २०७६

भाजपा अध्यक्ष शाहले,भारतीय लोकतन्त्र माथि कुन शक्ती बाट खतरा देखे

भारत पछिल्ला वर्षहरूमा शक्ती सम्पन्न राष्ट्रका रूपमा आफुलाई दरिलो बनाउदै गरेको राष्ट्र हो।भारत जति आफुलाई शक्ति राष्ट्र रूपमा उभ्याउदै अगाडी बढेको छ,त्यसैगरि त्यहांको आन्तरिक अवस्था भने चित्तबुझ्दो छैन।भष्ट्रचार भारतको प्रमुख समस्यका रूपमा छ।यसै विषयलाई उजागर गर्दै भारतका गृहमन्त्री तथा भाजपका अध्यक्ष अमित शाहले,भारतीय लोकतान्त्रीक ब्यवस्था प्रति पश्न उठाएका छन। शाहले भने,‘२०१४ भन्दा अगाडि भ्रष्टाचार र असुरक्षित सीमाका कारण जनतालाई लाग्न थाल्यो, बहुदलीय लोकतान्त्रिक व्यवस्था विफल भयो । उनीहरु निराश भए र उनीहरुलाई चिन्ता हुन्थ्यो के देशले आफ्नो लक्ष्य हासिल गर्न सक्ला ?’

भारतीय कांग्रेसलाई निशाना साध्दै अमित शाहले भने, ‘कांग्रेसको शासनकालमा हरेक दिन भ्रष्टाचारका समाचार आउँथे । सीमा असुरक्षित थियो, सैनिकहरु मारिइरहेका थिए, महिलाहरु असुरक्षित महसुस गर्दथे र सडकमा विरोध प्रदर्शन गरिरहन्थे ।’

शाहले भने, ‘कांग्रेसको शासनमा देशको हालत यस्तो थियो कि आम जनताले देश कता तिर जाँदैछ भनेर सोच्न सकिरहेका थिएनन।उनीहरुमा प्रश्न उठेको थियो के, नेताहरुले देशलाई यो उथल पुथलबाट निकास दिन सक्लान् ?’

शाहले अव भारतमा काग्रेंस युग सकिएको उद्दघोष पनि गरे। अहिलो भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको एकछत्र प्रभाव छ।भाजपा नेताहरू मोदी नेतृत्व सरकारलाई अव्बल सरकारका रूपमा परिभाषित गर्ने गरेका छन।