असाेज १ गते २०७६

मौसम पूर्वानुमानःबिहिवार बाट क्रमिक सुधार हुने

भारतको उडिसा र पश्चिम बङ्गाल आसपासमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावले देशभर मनसुनी गतिविधि बढिरहेको मौसमविदहरूले बताएका छन।

मौसम पुर्वअनुमान महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशको पुर्वी भु-भागका केही स्थानमा मेघगर्जन चट्टयाङसहितको वर्षा हुने अधिक संभावना रहेको बताएको छ।साथै मध्य तथा पश्चिमी भू–भागमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना भएकाले पहिरो जान सक्ने नदीमा पानीको बहाव बढ्न सक्ने तथा सडक र हवाई यातायातमा अवरोध आउन सक्ने भएकाले सतर्कता अपाउन आग्रह गरेको छ ।

मौसमविद विभुति पोखरेल ले भन्नुभयो “हिजो जस्तै आज पनि देशभरि नै बदली भई वर्षा हुनेछ । बिहीबारबाट मौसम क्रमिक सुधार हुँदै जाने छ”।