भाद्र २३ गते २०७६

‘क्याप्टेन’ फिल्म हेर्न बुबा र श्रीमतीसहित हल गए प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अनमोल केसीको अभिनय रहेको चलचित्र क्याप्टेन हेरेका छन् । बुधबार साँझ उनी परिवारसहित फिल्म हेर्न गएका हुन् ।

प्रधानमन्त्री ओली बुवा मनप्रसाद ओली र श्रीमती राधिका शाक्यलाई सँगै लिएर फिल्म हेर्न गएका हुन् । राजधानीको सिटी सेन्टरको बिग मुभिजमा उनले अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘क्याप्टेन’ को रात्रीकालीन सो हेरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सरकारका मन्त्री र सत्तारूढ दलका नेताहरूसहित हलमा पुगेका प्रधानमन्त्रीलाई अनमोलसहित अन्य कलाकारले स्वागत गरेका थिए । चलचित्र ‘क्याप्टेन’ मा राष्ट्रिय खेलाडीले भोग्नु परेका समस्यालाई विषयवस्तु बनाइएको छ ।