समाचार

मोटरसाइकल मार्शलिब तालीम काठमाडौँमा

2 years ago Samaya Dristi Comments Off on मोटरसाइकल मार्शलिब तालीम काठमाडौँमा
भदौं ५ गते । फेडेरेसन इन्टरनेश्नल दी मोटरसाईक्लिजम (एफआईएम)को मार्सल तालिम नेपालमा पहिलो पटक आयोजना हुने भएको छ । मोटोभर्स स्पोर्ट्स क्लबको आयोजनामा एफआईएमको मार्सल तालिम भदौंको २८ र २९ गते काठमाडौंमा हुन लागेको हो । फर्मुला वान र मोटोजिपी जस्ता ईभेन्टहरुका अनुभवी प्रशिक्षकबाट मार्सल तालिम सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ । एफआईएम एसियाको थप समाचार

रेन्टरटेनमेन्टको छैटौं संस्करण शुक्रबार र शनिबार आयोजना हुने

2 years ago Samaya Dristi Comments Off on रेन्टरटेनमेन्टको छैटौं संस्करण शुक्रबार र शनिबार आयोजना हुने
६ भाद्र पोखरा पोखरामा सांगीतिक कार्यक्रम तथा डान्स पार्टी ’रेन्टरटेनमेन्ट’ आयोजना हुने भएको छ । वर्षेनी झरीको मौसमको छेको पारेर व्यञ्जन रेस्टुरेन्टले गर्दै आएको मनोरञ्जनात्मक कार्यक्रमको छैटौं संस्करण आउँदो शुक्रबार लेकसाइडस्थित व्यञ्जनमा र शनिबार पामेस्थित दि बिच बारमा हुने कुरा आयोजकले बताए । कार्यक्रममा सहभागीले लाइभ म्युजिक, डान्स, फेशन सो र झरीको फ्युजन महशुस गर्न थप समाचार

धार्मिक पर्यटनको नयाँ गन्तब्य तिब्रेकोट मणि (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on धार्मिक पर्यटनको नयाँ गन्तब्य तिब्रेकोट मणि (फोटो फिचर)
५ भदौं,पोखरा पर्यटनको राजधानी  पोखरा–२५, हेमजा स्थित धार्मिक पर्यटनको नयाँ गन्तब्यको रुपमा तिब्रेकोट रुद्रमहादेव मणि मन्दिर तथा हरित पार्कको मंगलबार उद्घाटन गरिएको छ । मन्दिर तथा पार्क उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उक्त क्षेत्रलाई महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तब्य निर्माण गर्न महानगर तयार रहेको स्पष्ट पार्दै त्यसलाई समुदायको अग्रसरता ब्यापक रुपमा हुनुपर्ने बताए  ।प्रमुख थप समाचार

तिब्रीकोट महादेव मन्दिर मणि स्थित महादेव मन्दिर तथा हरित पार्क उद्घाटन

2 years ago Samaya Dristi Comments Off on तिब्रीकोट महादेव मन्दिर मणि स्थित महादेव मन्दिर तथा हरित पार्क उद्घाटन
पोखरा–२५ हेमजाको ऐतिहासिक र धार्मिक स्थल तिब्रीकोट महादेव मन्दिर मणि स्थित महादेव मन्दिर तथा हरित पार्कको पोखरा–२५का वडाअध्यक्ष मोतिराज तिम्सिना तथा पोखरा महानगरपालिका का प्रमुख मेयर धनराज आचार्यज्यू वाट समुद्घाटन सुसम्पन्न भयो। तस्विरः रितिका पौडेल थप समाचार

निशुल्क आँखा परिक्षण तथा रक्तदान गरि मनायो क्याट वाकले वार्षिकोत्सव

2 years ago Samaya Dristi Comments Off on निशुल्क आँखा परिक्षण तथा रक्तदान गरि मनायो क्याट वाकले वार्षिकोत्सव
भदौ ४, पोखरा । क्लब क्याटवाकले निशुल्क आँखा चेकअप शिविर, रक्तदान लगाएत विविध कार्यक्रम गरि आफ्नो दोस्रो वार्षिकोत्सवको मनाएको छ । क्लबले सामाजिक उत्तरदायित्व बहन गर्दै सञ्चालनको दोस्रो वर्ष पुरा गरेको अवसरमा निशुल्क शिविर तथा रक्तदानलगाएतको कार्य गरेको हो । पोखरा ६ लेकसाइडमा गरिएको निशुल्क आँखा परिक्षणबाट १ सय २१ जनाले स्वास्थ्य लाभ लिएका र थप समाचार

सीप परिक्षण उतिर्ण पश्चात सही सदुपयोगको खाँचो ः मन्त्री थापा

2 years ago Samaya Dristi Comments Off on सीप परिक्षण उतिर्ण पश्चात सही सदुपयोगको खाँचो ः मन्त्री थापा
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले सीप परिक्षण उतिर्ण पश्चात यसको सही सदुपयोग गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रबार मन्त्रालयमा नै आयोजना गरिएको सीप परिक्षण उतिर्ण परीक्षार्थीलाई प्रमाणपत्र वितरण कार्यक्रममा मन्त्री थापाले यस्तो बताएका हुन् । उनले सीप परिक्षण उतिर्ण गरेर प्राप्त सर्टिफिकेटलाई घरमा थन्काएर मात्र राख्न थप समाचार

लायन्स क्लब नेतृत्व विकास गर्ने संस्था हो स् मन्त्री देवकोटा

2 years ago Samaya Dristi Comments Off on लायन्स क्लब नेतृत्व विकास गर्ने संस्था हो स् मन्त्री देवकोटा
पोखरा ३० साउन लायन्स क्लब इनटरनेशनल डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्तरगत रिजन १२ मा रहेका पाँच वटा क्लबको संयुक्त पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा लेखनाथ, लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारी, लायन्स क्लब अफ पोखरा आरम्भ चौतारी, लायन्स क्लब अफ पोखरा उन्नति चौतारी र लायन्स क्लब थप समाचार

2 years ago Samaya Dristi Comments Off on
पत्रकार दीपेन्द्र श्रेष्ठ र कमला रानामगर कञ्चन पत्रकारिता पुरस्कार–२०८१ बाट पुरस्कृत २८ साउन,पोखरा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१ वाट दीपेन्द्र श्रेष्ठ र कमला रानामगर पुरस्कृत भएका छन् । पत्रकारद्वयलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट तथा पुरस्कारदाता सफल व्यवसायी विमलमान गुभाजु तथा गुभाजु परिवारले फेटा, दोसल्ला, सम्मानपत्रसहित नगद रु २५ थप समाचार

आज नाग पञ्चमी

2 years ago Samaya Dristi Comments Off on आज नाग पञ्चमी
२५ साउन ,पोखरा प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा तस्वीर टाँसेर मनाइयो । नागको पूजा गरी तस्बिर टाँस्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने, अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिने जनविश्वास रहेको छ । पोखरामा पनि काँहुखोला स्थित कमलपोखरीमा भक्तजनहरुको भिड लाग्ने थप समाचार